के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
अहिले वर्षाको मौसम छ । कतै बाढी त कतै पहिरोले जनधनको क्षति भइरहेको छ । कहिले बाढी पहिरोको कारण यति जना बेपता भए त यति जनाको मृत्यु भएको भन्ने खबरले चित्त नदुख्ने मान्छे सायदै होला ।
यी समाचारहरू सुन्दै गर्दा विगतको एउटा घटनाको झलझली याद आउँछ । जुन आजभन्दा दुई वर्षअगाडि भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल जाने ओरालोभन्दा केही मिटर पर मूल सडकमै घटेको थियो । उक्त समयमा अविरल वर्षाको कारण त्यस स्थानको दुई वटा रुख ढलेर गाडी र स्कुटरमा सवार ३ जना व्यक्तिले अकालमै मृत्युवरण गर्नुपरेको थियो । उक्त घटनापश्चात् सम्बन्धित निकायले कमजोर रुख पहिचान गरी आवश्यक व्यवस्थापन गरेको थियो ।
आज पनि त्यस सडकबाट आवतजावत गर्दा मन कताकता भयभित हुन्छ । वर्षाको समयमा उक्त बाटो हिँड्न एकपटक बढी सोच्ने गर्दछु । केही समयअगाडि मात्र उक्त बाटो हुँदै गन्तव्यतिर लाग्दै गर्दा दुई वर्षअगाडि रुख ढलेकैतिर २–३ वटा रुखहरू जोखिमपूर्ण भएको देखिन्छ । रुखको जरा जमिनभन्दा बाहिर निस्किरहेको छ । मौसमविद्हरूका अनुसार यस वर्ष पनि भारी मात्रामा वर्षा हुने सम्भावना छ । यी कुराहरूमा रुमलिँदा ममा केही प्रश्नहरू खेल्छन् –
के अविरल वर्षा भएको खण्डमा, उक्त समयमा ती जरा निस्किएका रुख अडिग भएर उभिरहने छन् ? यो वर्ष पनि विगतमा जस्तै दुःखद घटना दोहोरिने त होइन ? फेरि सल्लाघारीको रुखले कसैको ज्यान लिने त होइन ? यदि घटना भएको खण्डमा कसले जिम्मा लिने ?
यस विषयमा सम्बन्धित निकायहरू सजग भएर समयमै केही कदम चाल्नुपर्ने देखिन्छ । सो स्थानमा च्वङा गणेश विकास संस्थाले विकासको काम गरिरहेको छ । विगतको जस्तै अप्रिय घटना दोहोरिन नदिन विकास संस्थाले पनि ध्यान दिनुपर्ने हो कि ? उक्त स्थान वन विभागको मातहतमा पर्छ भन्ने हामी सुन्ने गर्छाैँ । स्थानीय तह, वन विभाग या च्वङा गणेश विकास संस्था कसले ध्यान पु¥याउने वा जिम्मा लिने हो ? त्यस मूल सडकमा दिनहुँ आवतजावत गर्ने हजारौँ व्यक्तिहरूको ज्यानको सुरक्षालाई ध्यानमा राखी सम्भाव्यता अध्ययन गरेर जोखिमपूर्ण रुखको उचित व्यवस्थापन गर्नुपर्दछ र उचित स्थानहरूमा थप वृक्षरोपन गर्नुपर्दछ ।
Leave a Reply