स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
गत असार २८ गते देको मिवा इतापाके आवास योजना सङ्घर्ष समितिको आयोजनामा भएको एउटा अन्तरक्रिया कार्यक्रममा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले भक्तपुरका जनतामा राजनीतिक चेतना जागृत गरेको भन्दै नेमकिपाको चर्को विरोध गरे । उनले भने, “नेमकिपाले विद्यालय र कलेजहरूमा राजनीति सिकाएर सर्वश्व हरण गरे । भनपाभन्दा पाँचखाल र चन्द्रागिरी विकासमा अगाडि छन् । सबै मिलेर अब मेयरमा जित्नुपर्छ ।”
आवास योजनाबारे एक दुई वाक्यमात्र बोल्ने भट्टराईले मन्तव्यको अधिकांश समय नेमकिपाको विरोधमा खर्चे । उनको कुरा सुन्दै गर्दा उनलाई नेमकिपाको विरोध नगरेसम्म निन्द्रा नलाग्ने रोग लागेको अनुभव भयो । नेमकिपाको विरोध नै उनको राजनीतिजस्तो लाग्यो । शासकवर्ग र शाषितवर्गबिचको सोच र चिन्तनमा भिन्नता भनेकै यही हुने रहेछ ।
भट्टराई आफू विद्यार्थीकालदेखि राजनीतिमा सकृय व्यक्ति हुन् । विभिन्न पार्टी चहारेर हिँड्ने उनको अस्थिर चरित्र हो । उनी एमालेभित्र अवसरवादी र स्वार्थी व्यक्तिमा गनिन्छन् । २०४५ सालमा भक्तपुर क्याम्पसको स्ववियुका पदाधिकारी थिए उनी । त्यतिबेला उनी राजनीतिमा सक्रिय नभएको भए अहिलेको जस्तो ‘नेता’ बन्न पाउँदैनथे होला । नेमकिपाले कामदारवर्गका छोराछोरीलाई राजनैतिकरूपले सचेत र सङ्गठित गरी एमालेजस्तो शासक पार्टीको देशघाती र जनविरोधी कामको विरोध गर्न सक्षम बनाउनुलाई उनी ‘सर्वश्वहरण’ गरेको देख्छन् । हो, देश र जनताको हितमा जनतालाई सचेत पार्ने यस्तो काम नेमकिपाले निरन्तर गरिरहन्छ ।
भट्टराई पहिले एमालेका थिए । माओवादी पार्टी बलियो भएको देखेर २०६४ सालपछि उनी माओवादी बने । त्यसपछि बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी, त्यसपछि … हुँदै पार्टी परिवर्तन गर्ने दहीच्युरे व्यक्ति हुन् । झलनाथ खनाल प्रधानमन्त्री भएको बेला उनको स्वकीय सचिव हुँदा गाईपालनको नाटक गरी राज्यको करोडौँ रकम झ्वाम पारेको आरोप पनि उनमा छ । उनलाई एमालेभित्रको ‘गगन थापा’ पनि भनिन्छ । गरिबी निवारण आयोगमा काम गर्दा पनि उनले करोडौँ भ्रष्टाचार गरेको एमालेहरूलेकै आरोप छ । ‘नक्कली जोगीले बाक्लो खरानी घस्छ’ भनेझैँ नेमकिपालाई विरोध गरेर उनले एमालेभित्र गुमेको विश्वास फिर्ता गर्न खोज्दै छन् । कुकुरको काम भुक्ने हो, कुकुर भुकिरहन्छ हात्ती अघि बढिरहन्छ ।
उनले चन्द्रागिरी र पाँचखाल नपाभन्दा भनपा विकासमा पछाडि परेको आरोप लगाए । ‘जन्दिस रोग लागेका मान्छेले सबै वस्तु पहेँलो देख्नु’ आश्चर्यको विषय होइन ।
भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि आधा दर्जनभन्दा बढी कलेज खोलेर देशभरका विद्यार्थीहरूलाई सस्तोमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ । छिटो छरिटो नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउने र घरघरमा गएर नर्सहरूबाट स्वास्थ्य सेवा प्रदान गर्ने पालिका पनि भनपा नै हो । कला संस्कृति संरक्षणमा आत्मनिर्भरतालाई जोड दिने पनि भनपा हो । सरसफाइ, सीपमूलक तालिमहरू प्रदान गरेर हरेक युवाको हातमा एक एक वटा सीप प्रदान गर्ने युवा लक्षित कार्यक्रमका साथ अगाडि बढिरहेको छ भनपा । भनपाको विकासको मौलिक शैली हेर्न देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू, सङ्घ र प्रदेश सभाका सांसद, मन्त्रीहरू आउनुबाट यो कुरा पुष्टि हुन्छ । अन्य पालिकाहरूले पनि राम्रै गरेका होलान् तर झूटो बोलेर भक्तपुरका जनतालाई भ्रममा पार्न सक्दैन भन्ने कुरा भट्टराईजस्ता ‘छेपारेहरूले’ बुझ्नु राम्रो हुन्छ ।
उनी भन्छन्, “अब सबै मिलेर मेयरमा नेमकिपालाई हराउनुपर्छ ।” के यसअघि नेमकिपाविरूद्ध सबै पार्टीहरू मिलेका थिएनन् ? के एमालेको दयाले नेमकिपा जितेको हो ? २०७४ साल र २०७९ सालमा मात्र होइन २०४९ सालमा पनि सबै एक भएर नेमकिपाविरूद्ध चुनाव लडेका थिए । भक्तपुरको विकासलाई ध्वंस गर्न एमालेको अगुवाइमा पटक पटक यस्तो अराजनैतिक र अपवित्र गठबन्धन भनपाका जनताले देख्दै र भोग्दै आएका छन् । राजनैतिकरूपले सचेत भक्तपुरका जनताले उनीहरूको हरेक पटकको प्रयासलाई असफल बनाइदिएका छन् ।
आवास योजनालाई नेमकिपाविरोधी मञ्च बनाउने प्रयास भइरहेको बारे सबै जनता सचेत हुन आवश्यक छ । सङ्घर्ष समितिको रूप रंग बिस्तारै जनताले बुझ्दै जानेछन् । भट्टराईको नेमकिपाविरोधी अभिव्यक्ति एमाले स्वयमंको लागि महँगो पर्नसक्छ ।
Leave a Reply