साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, भक्तपुर चाँगुनारायण नपा र केयूकेएलको सहकार्यमा आज चाँगुनारायण नपा वडा नं. ६ र ७ को सिमानामा पर्ने मुहानपोखरी क्षेत्रमा सरसफाइ भयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र स्थानीय जनताको उत्साहजनक सहभागितामा उक्त क्षेत्रको सरसफाइ कार्यक्रम भएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका वातावरण समितिका संयोजक एवम् वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले २०७४ सालको निर्वाचनपश्चात् भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुभयो । उहाँले भक्तपुर नगर क्षेत्रका बासिन्दाहरूले धेरै वर्ष अगाडिदेखि खानेपानीको मुख्य स्रोतको रूपमा प्रयोग गर्दै आइरहेको मुहानपोखरी क्षेत्रलाई सफा र स्वच्छ बनाउने दायित्व सबै भक्तपुरवासी र चाँगुनारायण नगरपालिकाका जनताको साझा कर्तव्य हो भन्दै भक्तपुर नपाको सफाइ अभियानमा जिल्ला प्रशासन, केयूकेएल र चाँगुनारायण नगरपालिकाको साथ र सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नपामा वितरण भइरहेको खानेपानीको गुणस्तर परीक्षण भइरहेको बताउँदै खानेपानी स्वच्छ भए मात्र हामी निरोगी हुने बताउँदै खानेपानीको स्रोतलाई जोगाउन मुहानपोखरी क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
चाँगुनारायण नपा वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजुले सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै मुहानपोखरी संरक्षणमा दुबै नपाको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर तामाङले चाँगुनारायण नपामा आन्तरिक पर्यटन वृद्धिले सकारात्मक र नकारात्मक प्रभाव परिरहेको चर्चा गर्दै मुहानपोखरी क्षेत्रमा पर्यटनको आगमनले प्रदूषणमा पनि वृद्धि भई खानेपानीको स्रोतसमेत प्रभावित भएको हुँदा पटक–पटक चाँगु नपा, वडा, टीम क्लवबाट सरसफाइ भइरहेको बताउँदै भक्तपुर नपाले मुहानपोखरी क्षेत्रमा गरेको सरसफाइ कार्य स¥हानीय रहेको र यसलाई निरन्तरता दिँदै विशेषगरी शनिबारको दिनमा आउने आन्तरिक पर्यटकहरूलाई मुहानपोखरी क्षेत्र सरसफाइबारे जनचेतनामूलक कार्यक्रम गर्न सके प्रभावकारी हुने जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा भनपाका पदाधिकारी, कर्मचारी, चाँगुनारायण नपाका जनप्रतिनिधिलगायत स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।
Leave a Reply