भर्खरै :

सान्डानिस्टा क्रान्ति दिवसको अवसरमा विभिन्न देशका राष्ट्रपतिहरूद्वारा बधाई सन्देश

सान्डानिस्टा क्रान्ति दिवसको अवसरमा विभिन्न देशका राष्ट्रपतिहरूद्वारा बधाई सन्देश

मानागुवा, १८ जुलाई (टेलिसुर) । ल्याटिन अमेरिकी देश निकारागुवामा सान्डानिस्टा क्रान्तिको विजयको ४५ औँ वार्षिक दिवस अगाडि विभिन्न देशका राष्ट्रप्रमुखहरूले निकारागुवाली क्रान्तिकारीहरूलाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
क्रान्ति दिवसको पूर्वसन्ध्यामा सान्डानिस्टा क्रान्तिका नेता तथा वर्तमान राष्ट्रपति डयानियल ओर्टेगालाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको हो ।
निकारागुवामा जुलाई १९, १९६९ मा संरा अमेरिका समर्थित समोजा तानाशाहीलाई पराजित गरी सान्डानिस्टा क्रान्तिकारी मोर्चाले देशलाई मुक्त गर्न सफल भएको थियो ।
त्यसपछिका ४५ वर्ष विभिन्न आरोह अवरोह पार गर्दै सान्डानिस्टा क्रान्तिकारी मोर्चाले आफ्नो देशमा समाजवादी क्रान्तिकारी प्रक्रिया चालु राखेको छ ।
राष्ट्रपति ओर्टेगालाई क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेल, बोलिभियाली राष्ट्रपति लुइस आर्से, भेनेजुयाली राष्ट्रपति निकोलस माडुरो, कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो, होन्डुरसका राष्ट्रपति जियोमारा क्यास्ट्रोले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
त्यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उन, इरानका कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबर, प्यालेस्टिनी राष्ट्रपति मोहम्मुद अब्बास, सिरियाली राष्ट्रपति बशर अल अस्सद, बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पनि बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *