बुद्धिलाई अथ्र्याउँदा शैक्षिक प्रमाणपत्रलाई मात्र आधार बनाउनु बुद्धिको गलत परिभाषा हुने
- आश्विन २८, २०८३
भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूलाई बिहीबार रु. ३० लाख १५ हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू जनताको करबाट सञ्चालित गैरनाफामूलक शैक्षिक संस्था भएको बताउँदै यी कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले देश र समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कामदारवर्गका छोराछोरीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप कलेज, इन्जिनियरिङ, नर्सिङ, सिभिललगायतका कलेजहरू सञ्चालन गरेको बताउँदै उहाँले हाल यी कलेजहरू नमुनाको रूपमा सञ्चालनमा रहेको प्रस्ट पार्नुभयो ।
समाजलाई सभ्य र सुसंस्कृति सँगसँगै शिक्षाको माध्यमबाट समाज र देशलाई अगाडि बढाउन नगरपालिकाले शिक्षामा गरेको लगानी प्रत्युत्पादक भएको उल्लेख गर्दै उहाँले नगरपालिकाले वार्षिक सयौँ सङ्ख्यामा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कलेजले प्रदान गर्ने छात्रवृत्ति विद्यार्थीहरूको अधिकार होइन, उच्च शिक्षा अध्ययनको लागि प्रदान गरिएको सुविधा भएको स्पष्ट पार्दै उहाँले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूमा सेवाको भावना हुनुपर्ने बताउनुभयो ।
कलेज सञ्चालक समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीको अनुशासन, पारिवारिक अवस्था, इमानदारितालगायतका विषय मूल्याङ्कन गरेर मात्र विद्यार्थीलाई छात्रवृत्ति प्रदान चर्चा गर्दै भक्तपुर नपाले शिक्षा क्षेत्रमार्फत देशैभरिका जनताको सेवा गर्ने उद्देश्यले यी शैक्षिक संस्थाहरू सञ्चालन गरिएको बताउनुभयो । ख्वप विश्वविद्यालय सञ्चालनको लागि निरन्तर पहल भइरहेको अवगत गराउँदै उहाँले विद्यार्थी र देशको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण गर्न ख्वप विश्वविद्यालय सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजले प्रवेश परीक्षा उत्कृष्ट, गरिब तथा जेहेनदार र सेमेस्टर उत्कृष्ट गरी तीन प्रकारका छात्रवृत्ति विद्यार्थीहरूलाई प्रदान गर्दै आएको बताउँदै आ.व. २०८०/८१ मा कलेजले रु. ९० लाख विनियोजन गरिएकोमा रु. ८० लाख ५५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिसकेको बताउनुभयो ।
कार्यक्रममा कलेजका लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।
Leave a Reply