भर्खरै :

शिक्षक देशभक्त भए विद्यार्थी पनि देशभक्त हुने

शिक्षक देशभक्त भए विद्यार्थी पनि देशभक्त हुने

भक्तपुर, ५ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगरपालिका ९ नं. वडा समितिको आयोजनामा ९ वडास्तरीय शिक्षक भेला सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
उक्त शिक्षक भेलामा शिक्षक सङ्घका कन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भन्नुभयो, “शिक्षक राम्रो भए विद्यार्थी पनि राम्रो हुन्छ । शिक्षक देशभक्त भयो भने विद्यार्थी पनि देशभक्त हुुन्छन्, देशभक्त शिक्षक र विद्यार्थीले मात्र देशको रक्षा गर्र्छ, देशको स्वाधीनता जोगाउन अगाडि बढ्छ । त्यसैले शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक पढाउनुको साथै व्यवहारिक ज्ञान, सीप, संस्कार र देशभक्त भावना पनि सिकाउनुपर्छ ।”
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले यही साउन १२ गते सम्पन्न हुन गइरहेको नेक्राशिसङ्घको भक्तपुर नगर सम्मेलन सफल पार्न सबै शिक्षक साथीहरूबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षक नियुक्ति, सरुवा, बढुवामा शासक दलले गरेको विभेद आपत्तिजनक भएको बताउनुभयो ।
नेमकिपा ९ नं. वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले आफू कर्मचारी हुँदा कर्मचारी मात्र नभएर राजनीतिक गतिविधिमा लागेर समाजको सेवा गरेको स्मरण गर्नुभयो ।
प्राध्यापक समाजका सदस्य कृष्णप्रसाद धन्छाले शिक्षकमा अध्ययन संस्कृति हुनुपर्छ भन्नुभयो ।
शिक्षक विश्वराम प्रजापतिको सभापतित्वमा भएको वडास्तरीय शिक्षक भेलामा शिक्षक विश्वेश्वर मानन्धर, मैयालक्ष्मी त्यातले पनि बोल्नुभएको थियो ।
भेलाले विश्वराम प्रजापतिको संयोजकत्वमा १७ सदस्यीय नेक्रा शिक्षक सङ्घ ९ नं. वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *