भर्खरै :

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग ‘राष्ट्रिय एकता’ का लागि सम्झौता

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग ‘राष्ट्रिय एकता’ का लागि सम्झौता

पेइचिङ, २३ जुलाई (एएफपी) । हमासले मङ्गलबार पेइचिङमा फताहलगायत अन्य प्रतिद्वन्द्वी प्यालेस्टिनी सङ्ठनसँग ‘राष्ट्रिय एकता’ का लागि मिलेर काम गर्ने सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
हमासका वरिष्ठ अधिकारी मुसा अबु मर्जुक, फताहका दूत महमुद अल–अलौललगायत १२ प्यालेस्टिनी समुहको पेइचिङमा आयोजित भेटवार्तामा युद्धपछिको गाजालाई शासन गर्न ‘अन्तरिम राष्ट्रिय मेलमिलाप सरकार’ गठन गर्न सहमत भएको चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बताउनुभयो ।
अबु मर्जुकले वाङ्गलगायतका अधिकारीहरूसँगको भेटमा राष्ट्रिय एकताको सम्झौतामा हस्ताक्षर गर्दै राष्ट्रिय एकताका लागि अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गाजापट्टीमा शासन गर्ने हमास र कब्जा गरिएको वेस्ट बैङ्कलाई आंशिकरूपमा शासन गर्ने फताहबिचको तीव्र प्रतिस्पर्धाका कारण अझ जटिल बनेको द्वन्द्वमा चीनले मध्यस्थताको भूमिका खेल्न खोजेको छ ।
इजरायलले हमासलाई नष्ट नगरेसम्म लडाइँ जारी राख्ने वाचा गरेको छ ।
पेइचिङमा मङ्गलबारको बैठकपछि, वाङले दुबै समूह ‘मेलमिलाप’ गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
युद्धपछि गाजाको शासनका लागि राष्ट्रिय मेलमिलाप सरकार गठन सम्झौताकोे प्रमुख आकर्षण रहेको वाङले उल्लेख गर्नुभयो ।
मेलमिलाप प्यालेस्टिनीको आन्तरिक विषय भए पनि अन्तर्राष्ट्रिय समुदायको समर्थनबिना सम्झौता हुन नसक्ने र मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गर्न रचनात्मक भूमिका खेल्न चीन इच्छुक रहेको वाङले बताउनुभयो ।
पेइचिङले ‘स्थायी र दिगो युद्धविराम’ सहित प्यालेस्टिनी स्वशासन प्रवर्द्धन गर्ने प्रयास तथा संयुक्त राष्ट्रमा प्यालेस्टिनको पूर्ण मान्यताका लागि आह्वान गरेको वाङले उल्लेख गर्नुभयो ।
सन् २००६ को चुनावमा हमासको विजयपछि भएको घातक झडपपछि हमासका लडाकुहरूले गाजापट्टीबाट फताहलाई निष्कासन दुई समुहबिच सम्बन्ध बिग्रीएको हो ।
फताहले प्यालेस्टिनी प्राधिकरणलाई नियन्त्रण गरी इजरायली कब्जाको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *