अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कञ्चनपुरको विद्यालयमा आगो टाप्दै पढिरहेका विद्यार्थी
रत्ननगर, चितवन, २३ पुस (रासस) ः एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।
भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ । गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो े र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताउनुभयो । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ । भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ ।
बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ । सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ । बुद्धको आज १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ ।
“अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार हावा चलेर घाम लागेमा उडान हुन्छ । शनिबारदेखि चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Leave a Reply