भर्खरै :

विश्व शान्ति र मित्रताको लागि खेल आवश्यक

विश्व शान्ति र मित्रताको लागि खेल आवश्यक

काठमाडौँ, १३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विश्व शान्ति र मित्रताको लागि खेल आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा अध्यक्ष नारायणमान बिजुक्छँेले नेपाल जिम्न्यास्टिक सङ्घको आयोजना र अन्तर्राष्ट्रिय जिम्न्यास्टिक फेडेरेसनको सहयोगमा भएको ६ दिने आधारभूत जिम्न्यास्टिक कोर्सको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा जुनसुकै ठाउँका जुनसुकै विषयका भए पनि अहिले विश्वमा शान्ति र मित्रता जरुरी छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् जटिल बन्दै गएको हुँदा तालिममा सहभागी विदेशी प्रशिक्षक र प्रशिक्षार्थीहरूसँग मित्रता जोड्दै विश्व शान्तिको लागि सन्देश दिनु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
समापन कार्यक्रमका सभापति एवं नेपाल जिम्न्यास्टिक एसोसियसनका केन्द्रीय अध्यक्ष धु्रवबहादुर प्रधानले भक्तपुरमा कार्यक्रम गर्न पाउँदा कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूले धेरै खुसी व्यक्त गरेको बताउनुभयो ।
नेपाल जिम्न्यास्टिक एसोसियसनका केन्द्रीय महासचिव एवं लिटिल एन्जेल स्कूलका प्रिन्सिपल मुकुन्दराज शर्माले प्रशिक्षण कार्यक्रमले नेपालमा पनि जिम्न्यास्टिक खेलको प्रचारप्रसार गर्न सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा जापानका प्रशिक्षक टाट्सो अराकी, ब्राजिलका प्रशिक्षक मार्को एन्तोनिव र अस्टे«ेलियाका प्रशिक्षक पेट्रिना गायेले पनि नेपालमा आयोजना भएको तालिमको अनुभव बताउनुभएको थियो ।
भक्तपुर जिल्ला जिम्न्यास्टिक क्लवका श्रीप्रसाद कोजुका अनुसार साउन ८ गतेदेखि १३ गतेसम्म भएको आधारभूत जिम्न्यास्टिक कोर्समा अस्टे«लिया, बङ्गलादेश, ब्राजिल, भारत, इरान, जापान, मलेसिया, न्युजिल्यान्ड, फिलिफिन्स, श्रीलङ्का र नेपालका २४ जना तालिममा सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *