सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, २८ जुलाई (सीआरआई) । स्थानीय समय जुलाई २७ का दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले भेन्टियानमा अमेरिकी विदेशीमन्त्री एन्टोनी ब्लिङकेनसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा दुवै पक्षहरूले चीन र अमेरिकाबिचको सम्बन्धबारे वैचारिक आदानप्रदान गर्नुका साथै विभिन्न प्रकारका सम्पर्कलाई कायम राख्दै जाने कुरामा सहमति जनाएका छन् ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले विगत तीन महिनामा दुवै राष्ट्रहरूले कूटनीति, आर्थिक, कानुन कार्यान्वयन, जलवायु परिवर्तन आदि क्षेत्रका आदानप्रदानलाई बढाउनुपर्नेमा जोड दिनुभएको छ । तापनि, अमेरिकाले चीनमाथि समस्या खडा गर्ने कदम बन्द गरेको छैन । दुवै पक्षबिचको सम्बन्धका सामु देखापरेको जोखिम र चुनौती निरन्तर बढ्दै छ । यसमा हस्तक्षेप हटाएर सहयोगलाई प्रवद्र्धन गर्नु आवश्यक छ ।
अमेरिकी विदेशमन्त्री ब्लिङ्केनका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन सक्रिय प्रयास गरिरहेको छ । एक चीनको नीति कायम राख्ने अमेरिकाले चीनसँग स्थायी सम्पर्क राख्दै कृत्रिम बुद्धिमत्ता प्रविधि आदि क्षेत्रको सहयोगलाई विकास गर्ने अपेक्षा लिएको छ ।
Leave a Reply