भर्खरै :

प्यालेस्टिनको आन्तरिक मेलमिलाप किन पेइचिङमा ?

प्यालेस्टिनको आन्तरिक मेलमिलाप किन पेइचिङमा ?

पेइचिङ, २८ जुलाई (सीआरआई) । जुलाई २३ का दिन पेइचिङमा प्यालेस्टिनी मुक्ति कार्यले महत्वपूर्ण ऐतिहासिक क्षणको स्वागत गरेको छ । तीनदिने आन्तरिक मेलमिलाप वार्तापछि १४ प्यालेस्टिनी राजनीतिक पार्टीहरूले संयुक्तरूपमा ‘विभाजन अन्त्य गर्ने र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ गर्ने पेइचिङ घोषणापत्र’ मा हस्ताक्षर गरेका छन् । घोषणापत्रले पीएलओ प्यालेस्टिनी जनताको एक मात्र वैध प्रतिनिधि रहेको र गाजाको युद्धपछिको शासन र अन्तरिम राष्ट्रिय मेलमिलाप सरकारको गठनमा सहमति गरेको छ ।
यो मेलमिलाप किन पेइचिङमा भयो भन्ने जिज्ञासा रहेको छ । किनभने प्यालेस्टिन मुद्दामा चीन सधैँ शान्ति र मानवीय विवेकको पक्षमा उभिएको छ । गत वर्षको अक्टोबरमा प्यालेस्टिन–इजरायली द्वन्द्वको नयाँ चरण सुरु भएदेखि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले द्वन्द्वको विस्तारलाई रोक्न तत्काल युद्धविराम र युद्ध अन्त्य गर्न चीनको अडान र प्रस्तावहरू बारम्बार व्याख्या गर्दै आउनुभएको छ ।
गत वर्ष पेइचिङमा भएको साउदी अरेबिया र इरानले हात मिलाएदेखि प्यालेस्टिनी पार्टीहरूद्वारा पेइचिङ घोषणापत्रमा हस्ताक्षर गरी मध्यपूर्वमा भएका दुईवटा महत्वपूर्ण मेलमिलापले चीनले मध्यपूर्वको शान्तिपूर्ण विकासमा सधैँ इमानदारीपूर्वक सहयोग गरेको प्रमाणित गरेको छ । चीनले मध्यपूर्वी क्षेत्रको शान्तिका लागि काम गरिरहने, न्यायको पक्षमा बोलिरहने र प्यालेस्टिन–इजरायल शान्ति प्रक्रियालाई प्रवद्र्धन गरिरहने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *