रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २३ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बाह्य शक्तिहरूको कारण देशमा अस्थिरता छाएको विचार व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भारत र पश्चिमा देशकै कारण देशमा अस्थिरता रहेको बताउनुभयो । अध्यक्ष रोहितले भन्नुभयो, देशभरका जनता एकै ठाउँमा ल्याउनुहुन्न । यसबाट अपराध बढ्ने र फोहर एकै ठाउँमा थुप्रिने छ । उहाँले देशको सन्तुलित विकासको आवाज उठिरहेको भन्दै विकासको निम्ति अप्ठेरो भूगोलको ख्याल गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले देशमा साम्प्रदायिकता र भ्रष्टाचार बढेको हुँदा त्यसको नियन्त्रण आवश्यक भएको धारणा राख्नुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका संस्थापक सदस्य एवं मजदुर दैनिकका प्रधानसम्पादक सरोजराज गोसाईले आस्थाको पत्रकारिताको महत्व अझै बढेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘तानाशाही व्यवस्थाविरूद्ध लड्ने पत्रकारले अब पूँजीवादी व्यवस्थाविरूद्ध लड्नुपर्नेछ । समाजवादी गणतन्त्रको लक्ष्यका साथ पत्रकारिता अगाडि बढ्नुपर्नेछ ।’ प्रजिअ द्रोण पोखरेलले भक्तपुरको समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गर्नुभयो । पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाको चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, राष्ट्रिय नेवाः देय दबुका अध्यक्ष केके मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले भक्तपुरको विकासको लागि सङ्गठित भएर मिसन पत्रकारिता सुरू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएवापत रफत सञ्चार क्लब भक्तपुरका अध्यक्ष सुशीलबन्धु थापालाई दुई हजार २०० सहित यस वर्षको ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो ।
Leave a Reply