अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ पुस । २७ वर्षीय दिललक्ष्मी लवजु घर बनाउनको लागि पुराना इँटाहरू पखाल्दैछिन्् । तर आफ्नो घर बनाउनको लागि होइन, अरुको घर बनाउनको निम्ति उनी ज्यालामा इँटा पखाल्दैथिइन् । याताछें घर भएकी उनी, आफ्नो घरअगाडि नयाँ–नयाँ घरहरू ठडेको देख्दा आफ्नो चाहिँ कहिले बनाउने होला भन्ने सोचमा डुब्छिन् । भूकम्पपीडितहरुको आवास पुनःनिर्माणस्वरुप सरकारले बाँडेको पहिलो किस्ता लिएर पनि दिललक्ष्मीको परिवारले घर बनाउन सकेको छैन । सरकारले बाँडेको पचास हजारले अहिलेको समयमा जग राख्न पनि नसकिने अवस्था रहेको लवजू बताउँछिन् । उनी भन्छिन्,– भूकम्पले घर नराम्रोसँग नै बिगारेको थियो । तैपनि तत्काल नयाँ बनाउन नसकिने भएको हुँदा माथिको तलामात्र भत्कायौं । बाँकी भएको दुई तलामा अहिले हामी बसिरहेका छौं । त्यो पनि भत्कायौं भने त बस्ने ठाउँ नै हुँदैन ।” लवजुले थपिन् ।
घर बनाउनकै निम्ति लवजु दम्पती दिनरात ज्यालादारीको काम गर्न व्यस्त छन् । सधैं बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चिसोपानीमा इँटा धोएर दैनिक रु. ५०० सम्म कमाइरहेकी छिन्, दिललक्ष्मी । उनका श्रीमान् पनि यस्तै ज्यालादारीको काममा व्यस्त छन् । ‘तर हाम्रो कमाइले त घर बनाउन सकिदैंन । सबै किन्नुपर्छ, घर खर्च नै भ्याइनभ्याइ छ ।’ लवजुले भनिन् । “दिनभरि इँटा धुँदा हातका औंलाहरू चलाउन नै मुस्किल हुन्छ । तर फेरि घरमा गएर खाना पकाउनुपर्छ । काम भ्याइनभ्याइ छ ।” दिललक्ष्मीले आफ्नो दुःख पोखिन् ।
उनीजस्तै लिबालीका पुरुषोत्तम चवाल पनि घर बनाउने ठाउँमा इँटा ल्याइदिने, सिमेन्टी बनाउनेजस्ता काम गर्छन् । उनले पनि अहिलेसम्म घर बनाउन सकिरहेका छैनन् । ‘घर बनाउन त मन छ । तर पैसा छैन ।’ चवालले भने । चवालका परिवार अहिलेसम्म लिबालीको टहरामा बस्दैछन् । ‘चिसोको कठ्याङ्ग्रिदो जाडोमा बस्न कसलाई पो मन हुन्छ र ? तर खोइ घर कहिले बन्ने हो भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।’ – उनले दुख पोखे । पहिलो किस्ताको रकम लिए पनि घर निर्माण गर्न त्यति रकम अपुग भएको र अरु थप खर्च जोहो गर्न नसक्दा धेरैको घर बनाउने काम अघि बढ्न सकेको छैन । पहिलो किस्ताको रकमबाट घरको जग हाली पिलर उठाई सकेपछि मात्र सरकारले दोस्रो किस्ता उपलब्ध गराउँछ ।
Leave a Reply