भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङ तथा पूर्वी टिमोरका राष्ट्रपतिबिच भेटवार्ता

राष्ट्राध्यक्ष सी चिनफिङ तथा पूर्वी टिमोरका राष्ट्रपतिबिच भेटवार्ता

पेइचिङ, २९ जुलाई (सीआरआई) । जुलाई २९ का दिन बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका पूर्वी टिमोरका राष्ट्रपति जोस मानुएल रामोस होर्टासँग भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा राष्ट्राध्यक्ष सीले पूर्वी टिमोरसँगै मिलेर दुवै देश सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभयो ।
पूर्वी टिमोरसँग ३ वटा ‘अझ उच्च’ भन्ने लक्ष्यतर्फ लम्कँदै द्विपक्षीय सम्बन्धलाई दीर्घ र स्थिररूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो । ती ३ वटा ‘अझ उच्च’ भन्ने लक्ष्य यस प्रकार छन्, एक, एकले अर्कालाई समर्थन गर्दै अझ उच्चस्तरीय द्विपक्षीय सम्बन्धको स्थापना गर्दै जाने । दुई, आपसी हितयुक्त र साझा जीतलाई कायम राख्दै अझ उच्चगुणस्तरीय वास्तविक सहकार्य बढाउँदै जाने । तीन, ‘विश्वव्यापी दक्षिणी’ कार्यलाई प्रवद्र्धन गर्दै अझ उच्च तहका बहुपक्षीय सहयोग गर्दै शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तका भावनाको प्रचार प्रसार गर्दै जाने ।
प्रत्युत्तरमा राष्ट्रपति होर्टाले चीनलगायतका सम्बद्ध क्षेत्रीय मुलुकहरूसित संयुक्तरूपमा दक्षिण चीन सागरको शान्ति र स्थिरताको संरक्षण गर्दै जान पूर्वी टिमोर इच्छुक रहेको कुरा बताउनुभएको छ ।
भेटवार्ता सम्पन्न भएपछि दुवै पक्षले ‘जन गणतन्त्र चीन र प्रजातान्त्रिक गणतन्त्र पूर्वी टिमोरबिच सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारिने संयुक्त वक्तव्य’ पनि जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *