भर्खरै :

अमेरिकी व्यापारिक अधिकारीहरूको प्रतिनिधिमण्डललाई चीन भ्रमणमा के कुराले आकर्षित गर्यो ?

अमेरिकी व्यापारिक अधिकारीहरूको प्रतिनिधिमण्डललाई चीन भ्रमणमा के कुराले आकर्षित गर्यो ?

पेइचिङ, २९ जुलाई (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको केही दिनपछि मात्रै फेडएक्स, गोल्डम्यान स्याक्स, एप्पल, बोइङ र माइक्रोन टेक्नोलोजीजस्ता अमेरिकी कम्पनीहरूका अधिकारीहरूको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको छ । केही विश्लेषकहरूले भनेका छन् कि यस समयमा ठुला अमेरिकी व्यापारिक अधिकारीहरूको समूहको चीन भ्रमणले उनीहरूले चीनको सुधार नीतिगत व्यवस्थाहरू बुझ्न र साझा हितका अवसरहरू प्रयोग गर्न उत्सुक छन् ।
यो भ्रमणलाई ‘उपयुक्त समय’ भनेर वर्णन गर्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको सुधार र खुलापनको नयाँ खाका बनाएको छ र खुलापनलाई विस्तार गर्ने आफ्नो दृढ सङ्कल्प विश्वसामु प्रस्तुत गरेको छ । ती अमेरिकी व्यापारिक अधिकारीहरूले स्पष्टरूपमा चीनको सुधारको थप व्यापक गहिराइको नयाँ वातावरण महसुस गर्न र चीनको उच्च गुणस्तरको विकासको नाडी छाम्न चीनमा आएका हुन् ।
यस समयमा अमेरिकी व्यवसायीहरूलाई चीन भ्रमण गर्न आकर्षित गर्ने अर्को कुरा पछिल्लो तथ्याङ्कले चीनको लगातार आर्थिक विकास प्रवृत्ति देखाउने प्रगति पनि हो । यस वर्षको उत्तरार्धमा चीनको जीडीपी ६१.७ ट्रिलियन युआन पुगेको छ । जुन वार्षिक ५ प्रतिशतले बढेको छ । चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वर्षभरको आर्थिक र सामाजिक विकासका लक्ष्यहरू अडिगरूपमा हासिल गर्नुपर्ने कुरामा जोड दिएको छ । यो ‘आधारभूत आधार’ का कारणले अमेरिकी व्यवसायी प्रमुखहरू सहयोग खोज्न चीन भ्रमणमा बढी विश्वस्त छन् ।
धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले ध्यान दिएका छन् कि चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको बन्दोबस्तमा यस्तो वाक्य छ, चीनको सुपर बजारमा भर पर्दै अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्न खुला क्षमताहरू सुधार गर्ने । ‘बजार’ र ‘सहयोग’ दुइटा शब्दबाट चीनको खुलापनको क्षमता सुधार गर्ने आधार र माध्यमहरू देख्न सकिन्छ । जुन विदेशी लगानी आकर्षित गर्ने मुख्य कारक पनि हो ।
अन्तर्राष्ट्रिय सहयोग हेर्दा चिनियाँ कम्युनिस्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्पष्ट सङ्केत जारी गरेको चीनले अन्तर्राष्ट्रिय उच्चस्तरको आर्थिक र व्यापार नियमहरूसँग मिलाउने विषय पारदर्शी, स्थिर र अनुमानित संस्थागत वातावरण सिर्जना गर्ने र सहयोगको केन्द्रबिन्दुलाई थप अन्वेषण गर्ने खालका छन् ।
चीनसँग ठुलो बजार र विश्वका लागि ठुलो अवसर छ । चीनको विकासमा उच्चस्तरको निश्चितता र निरन्तरता छ । जसको अर्थ विश्वका लागि स्थिर अपेक्षाहरू हुन् । भविष्यमा पूर्ण बैठक दस्तावेजहरूमा प्रस्तावित ३०० भन्दा बढी महत्वपूर्ण सुधार उपायहरूको निरन्तर कार्यान्वयनसँगै, चिनियाँ बजारको जीवन्ततालाई निरन्तरता दिइनेछ । जसले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रोत्साहन दिनेछ र अमेरिकी कम्पनीहरूसहित सबै उद्यमहरूका लागि फराकिलो विकास स्थान प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *