भर्खरै :

अमेरिका–जापानबिच बढेको सैन्य सहयोगले ताइवानी पृथकतावादीलाई गलत सङ्केत

अमेरिका–जापानबिच बढेको सैन्य सहयोगले ताइवानी पृथकतावादीलाई गलत सङ्केत

गएको आइतबार टोकियोमा भएको संरा अमेरिका–जापान ‘टू–प्लस–टू’ विदेश र रक्षा मन्त्रीहरूको वार्तामा जापानमा रहेका अमेरिकी सेना र जापानी सेनाको एकै एकीकृत कमाण्ड बनाउने विषयमा छलफल भएको भनी धेरै मिडियाहरूले समाचार प्रशारण गरेका छन् । यस विषयमा दुई देशले कार्यदल गठन गर्ने अपेक्षा गरिएको छ, जसलाई संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । यो ‘द्वितीय विश्वयुद्धपछिको युगमा जापानमा रहेका सेनाको सङ्ख्यामा सबैभन्दा ठुलो वृद्धिमध्ये एक हो’, जापानी मिडिया आउटलेट निक्केई एशियाले टिप्पणी गरेको छ ।
अमेरिकी रक्षा विभागको यो कदम अझै योजना चरणमा छ, जापानको एकीकृत कमान्डको लागि अमेरिकी समकक्षको रूपमा काम गर्नेछ । यसै वर्षको मेमा, जापानको संसद्ले मार्च २०२५ को अन्त्यसम्ममा देशको आत्म रक्षा बल (SDF) को लागि संयुक्त कमान्ड मुख्यालय स्थापना गर्न नयाँ कानुन बनाएको थियो । सैन्य विशेषज्ञहरूले भनेका छन् कि अमेरिका–जापान रक्षा सहयोगको पछिल्लो कदमले दुई देशहरू सैन्य एकीकरणको प्रवद्र्धनलाई बढावा दिइरहेका छन्, जसले अमेरिका–जापान संयुक्त कारवाहीमा गतिरोध पनि निम्त्याउन सक्छ ।
यो स्तरवृद्धि वास्तवमा टोकियोलाई संरा अमेरिकाको एसिया–प्रशान्त रणनीतिसँग जोड्ने वाशिङ्टनको चाल हो, जसले यस क्षेत्रमा द्वन्द्व र अराजकतालाई उक्साउने लक्ष्य राखेको छ । तर अर्कोतर्फ, आफ्नो आत्मरक्षा बलको लडाई क्षमताको सुधारको लागि जोड दिँदा जापान हालैका वर्षहरूमा आफ्नो सेनालाई अमेरिकी तैनाथ सेनाहरूसँग नगाँसिएको हेर्न इच्छुक देखिन्छ ।
वाशिङ्गटनको ‘इन्डो–प्यासिफिक रणनीति’ को प्रवद्र्धनमा महत्वपूर्ण सहयोगीको रूपमा टोकियोको आफ्नै भूराजनीतिक एजेन्डा छ । जापानले आफ्नो सैन्य क्षमताको थप वृद्धिको बदलामा आफ्नो शक्तिशाली सहयोगीलाई खुसी पार्ने लक्ष्य राखेको छ । यसबाहेक, यसले जापानी जनतालाई तर्साउनको लागि ‘इन्डो–प्यासिफिक’ मा तथाकथित खतराहरूको प्रचारलाई प्रयोग गरिरहेको छ, आफ्नो सैन्य महत्वाकाङ्क्षाहरूलाई औचित्य साबित गर्दै, जस्तै जापानी आत्मरक्षा बलको ‘रक्षा’ क्षमताहरू बलियो बनाइरहेको छ र अमेरिकी सेनाहरूसँगको सहयोग बढाइरहेको छ ।
समग्रमा, संरा अमेरिका र जापानबिचको घनिष्ठ सैन्य सहयोगले ‘एसिया–प्रशान्त नाटो’ सिर्जना गर्ने वाशिङ्गटनको महत्वाकांक्षालाई स्पष्ट रूपमा सहज बनाउनेछ । “अमेरिकाले अब एसिया–प्रशान्त क्षेत्रमा सम्भावित बहुपक्षीय सैन्य खेमाको लागि मार्गप्रशस्त गर्दै सूक्ष्म गठबन्धनहरू स्थापना गर्दै अन्य क्षेत्रीय देशहरूसँगको द्विपक्षीय साझेदारीलाई सुदृढ गर्दैछ । टोकियोसँगको रक्षा सहयोगको सुदृढीकरण पनि यस दिशामा एक कदम हो, जसले क्षेत्रीय शान्ति र स्थायित्वमा अपरिहार्य रूपमा ठुलो र खतरनाक बाधाहरू खडा गरेको छ ।
केही ताइवान मिडिया आउटलेटहरूका अनुसार वाशिङ्गटन र टोकियो दुवैले ताइवान टापुको रक्षा गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेकोले अमेरिका–जापान एकीकृत कमान्डले दुई देशहरूलाई ताइवान जलडमरुमा द्वन्द्व सुरू भएमा अझ सजिलैसँग हस्तक्षेप गर्न अनुमति दिनेछ ।
ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) अधिकारीहरूले पनि पक्कै पनि यो स्तरवृद्धिको गलत व्याख्या गर्नेछन् । वाशिङ्गटन र टोकियो ‘रक्षा दिवस’ आउनेछन् भन्ने गलत धारणाले ताइवान पृथकतावादी शक्तिहरूलाई एक–चीन सिद्धान्तलाई अस्वीकार गर्न वा थप उत्तेजक चालहरूका साथ चिनियाँ मुख्य भूमिको सामना गर्न थप हौसला दिनेछ । साथै, यस आधारमा डीपीपी अधिकारीहरूले अमेरिका र जापानसँग आफ्नो साँठगाँठलाई अझ बलियो बनाउनेछन् । यस मुद्दामा डीपीपी अधिकारीहरूको गलत निर्णयले ताइवान जलडमरूको अवस्थालाई मात्र तनावपूर्ण बनाएको छ ।
ताइवानका पृथकतावादीहरूले थप समस्याहरू खडा गर्न अमेरिका–जापान सैन्य सहयोगको ‘निःशुल्क सवारी’ लिन सक्ने सम्भावनाका साथ, चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले शनिबार लाओसको भियान्टिनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा चीनलाई जोड दिनुभयो । ताइवान प्रश्नसँग सम्बन्धित कुनै पनि हस्तक्षेप, चालबाजी वा उत्तेजनाको दृढ विरोध गर्नुभयो ।
ताइवान क्षेत्रको बारेमा, वाङले भन्नुभयोः “प्रत्येक पटक ‘ताइवान स्वतन्त्रता’ सेनाले उक्साहट गर्छ, हामी निश्चित रूपमा प्रतिकार्य उपायहरू लिनेछौँ । यो वास्तवमा डीपीपी अधिकारीहरू र ताइवान पृथकतावादीहरूलाई चेतावनी हो । कुनै पनि बाह्य शक्तिले उनीहरूका मामिलालाई उक्साउन समर्थन गरे पनि चिनियाँ मुख्त्ूमिले उचित जवाफ दिनेछ । जब उत्तेजना चरममा पुग्नेछ, प्रतिआक्रमण पनि बलियो हुनेछ ।
ताइवान प्रश्न चीनको आन्तरिक मामिला हो र संरा अमेरिका र जापानजस्ता अन्य देशहरूले त्यसमा हस्तक्षेप गर्ने कुनै अधिकार राख्दैनन् । वाङको कथनले ताइवान प्रश्नलाई आफ्नो द्विपक्षीय सैन्य सहयोगलाई बलियो बनाउन र ताइवान प्रश्नमा सीधै हस्तक्षेप गर्ने बहानाको रूपमा लिएकोमा संरा अमेरिका र जापानलाई चेतावनी दिन्छ, फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडीजका उपनिर्देशक जिन छियाङले ग्लोबल टाइम्ससित भन्नुभयो ।
संरा अमेरिकामा आगामी राष्ट्रपति चुनावपछि अर्को वर्ष जो सुकै सत्तामा आए पनि चीनसँग सम्बन्धित मुद्दाहरूमा संरा अमेरिकाको कडा अडान कायम रहनेछ र वाशिङ्टनले ‘एक चीन सिद्धान्त’लाई चुनौती दिनेछ । सधैँ नै अमेरिकाले चीनको रातोरेखालाई कुल्चने गर्छ, जसमा ‘ताइवानको स्वतन्त्रता’ लाई समर्थन गर्ने र प्रोत्साहन दिने नीति र कार्य समावेश छ, त्यसले जति बलियो हमला गर्नेछ, त्यति नै जवाफी हमला भोग्नेछ । यो ताइवान पृथकतावादी र चीनविरूद्ध ‘ताइवान कार्ड’ खेल्ने सपना देख्ने बाह्य शक्तिहरू दुवैका लागि कडा चेतावनी हो ।
(लेखक ग्लोबल टाइम्सका रिपोर्टर हुनुहुन्छ ।)

अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *