भर्खरै :

भाजुपोखरी परिसरमा सरसफाइ कार्यक्रम

भाजुपोखरी परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भाजुपोखरी परिसरमा सरसफाइ कार्यक्रम भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७४ सालदेखि थालनी गरिएको सफाइ कार्यक्रम कोभिडको समयमा रोकिएपछि पुनः पाक्षिक सरसफाइ कार्यक्रम सुरुवात गरेको बताउनुभयो । हरेक देशमा सम्पदा क्षेत्रमा समाज अनुकूल सरसफाइ कार्यक्रम हुने गरेको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले सफाइ अभियान प्रचारभन्दा काममा बढी केन्द्रित गरेको बताउनुभयो । नगरपालिकाले जनसहभागितामा बढी जोड दिँदै आइरहेको चर्चा गर्दै सफाइ अभियानलाई थप व्यवस्थित गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरसफाइ एक संस्कार भएको बताउँदै वातावरण स्वच्छ र हराभरा हुँदा पर्यटकहरूको आवागमन बढी हुने बताउनुभयो । नगरपालिकाले स्थानीय जनताको सहभागितामा पाक्षिकरूपमा सरसफाइ अभियानको रूपमा थालनी गरिएको र एक विद्यालय एक सम्पदा र एक सहकारी एक सम्पदा भन्ने नाराका साथ सरसफाइ गतिविधिहरू गरिँदै आएको बताउनुभयो । वर्षायाममा पानीजन्य रोग लाग्न सक्ने सम्भावना भएकोले देशमा पानीजन्य रोग बढिरहेकोले पानीलाई फिल्टर गरेर प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालय वरपर क्षेत्रमा वृक्षरोपण गर्न वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै भाजुपोखरी परिसरमा व्यापारीहरूले सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । पोखरी परिसरमा फोहोर फाल्नेलाई नगरपालिकाले कारबाही गरिने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सरसफाइ कार्यक्रमले समाजप्रति अपनत्व भावनाको विकास भएको बताउँदै नगरपालिकाको सफाइ कार्यक्रममा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य मन्जुमैँया लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *