भर्खरै :

बाल विकासमा शिक्षक भेला

बाल विकासमा शिक्षक भेला

भक्तपुर, १५ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, बाल विकास एकाइ समितिको आयोजनामा मङ्गलबार शिक्षक भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले विदेशीले सित्तैमा दिए भन्दैमा देशको स्वाभिमान गुम्ने गरी कुनै पनि वस्तु स्वीकार गर्न नहुने बताउनुभयो ।
शिक्षकले विद्यार्थीहरूलाई पाठ्यपुस्तक मात्र नपढाई देशभक्तिको पाठ सिकाउने र समाजका गलत तत्वका विरुद्ध सङ्घर्ष गर्न सिकाउनुपर्ने धारणा व्यक्त गर्दै अतिथि प्रजापतिले राजनीतिक चेतना सबैभन्दा उत्कृष्ट चेतना भएकोले मानिस राजनीतिबाट अलग हुन नसक्ने बताउनुभयो ।
नेमकिपाका अग्रज नेता कार्यकर्ताको निःस्वार्थ सेवाभावकै कारण अहिले भक्तपुर सबै क्षेत्रमा नमुना बनेको उदाहरण प्रस्तुत गर्दै उहाँ सङ्गठनमा लाग्नेहरू आलोचना र आत्मालोचनाबाट डराउन नहुने बताउनुभयो । शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र सुलोचना छ्वाजुले पनि बोल्नुभएको उक्त भेलाले शङ्कर आचार्यको अध्यक्षतामा शिक्षक सङ्घ बाल विकास एकाइ समिति पुनः गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *