भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य एवम् वडाध्यक्ष श्यामकृष्ण खत्रीको नेतृत्वमा बिहीबार चुनदेवी र सल्लाघारीमा भएको पसल अनुगमनमा एम.एम. इन्टरप्राइजेजमा गोदाम दुर्गन्धित र अव्यवस्थित भएको बताइयो । म्याद नाघेको मसला पाकेट तथा अन्य गरी ३ बोरा सामानहरू जफत गरी नष्ट गरियो ।
एम.एम. इन्टरप्राइजेजमा फाइनका विभिन्न मसलाका ५० दर्जन पाकेट र केयूएलका विभिन्न मसलाका ४० दर्जन पाकेट, नटराजको सोयावडी ४० पाकेट, ज्ञान आटा ६ पाकेट, पूजा जिरा २ दर्जन पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै, पसल नवीकरण गर्न, पसलमा म्याद नाघेको र कुहेको सामान छुट्याएर राखी तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
सल्लाघारी किराना पसलमा दत्तात्रय दालमोठ उद्योगको शिव शङ्कर दालमोठ पाकेटमा भएको लेबल मेटेर जाने भएकोले कम्पनीका प्रोपाइटरलाई तीन दिनभित्र उपस्थित गराउन र दत्तात्रय फुड प्रडक्टको दिलशा मुगी पाकेटमा भएको लेबल मेटेर जाने भएकोले कम्पनीका प्रोपाइटरलाई तीन दिनभित्र उपस्थित गराउन निर्देशन दिइयो । क्वातीलगायत प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न र पसलमा सरसफाइमा ध्यान दिन, सामानहरू व्यवस्थित गर्न निर्देशन दिइएको थियो ।
अनुगमनमा सदस्य रोशनमैँया सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, स्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक रामप्रवेश शाह, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुला र उद्योग वाणिज्य सङ्घ भक्तपुरका राजु त्वानाबासुको सहभागिता थियो ।
Leave a Reply