भर्खरै :

सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाबारेमा सीको महत्वपूर्ण निर्देशन

सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाबारेमा सीको महत्वपूर्ण निर्देशन

पेइचिङ, १ अगस्ट (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै २० औँ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन गर्नु र संस्थाहरूमा पार्टी निर्माणको उच्च गुणस्तरीय विकासलाई बढाउने विषयबारे केन्द्रीय र राष्ट्रिय अङ्ग संस्थाहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
२० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन नै वर्तमान र भविष्यको केही समयमा पार्टी र देशका लागि प्रमुख राजनीतिक कार्य भएकोमा सीले जोड दिनुभयो ।
प्राप्त जानकारीअनुसार, चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन तथा अङ्गहरूमा पार्टी निर्माणको उच्च गुणस्तरीय विकासको प्रवद्र्धनसम्बन्धी गोष्ठी जुलाई ३१ का दिन पेइचिङमा आयोजित भएको छ ।
गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्युरोको स्थायी समितिका सदस्य छाई छीले सी चिनफिङका महत्वपूर्ण निर्देशनहरूबारे अवगत गराउनुभएको छ ।
जुलाई ३० का दिन दिउँसो, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोले आधुनिक सीमा, समुद्री र हवाई प्रतिरक्षाको निर्माणलाई बढाउनेबारे १६ औँ सामूहिक अध्ययन सत्र आयोजना गरेको छ । सो सत्रमा आधुनिक सीमा, समुद्री र हवाई प्रतिरक्षाको निर्माणलाई बढाउने विषयमा जानकारी गराइनुका साथै सम्बद्ध कार्य प्रस्तावलाई अघि सारिएको छ । सीपीसी केन्द्रीय समितिको पोलिटिकल ब्युरोका कमरेडहरूले स्पष्टीकरणमा ध्यान दिएर सुन्नुभयो र छलफल गर्नुभयो ।
सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो अध्ययन सत्रको अध्यक्षता गर्दै एक महत्वपूर्ण भाषण दिनुभयो ।
आधुनिक सीमा, समुद्री र वायु रक्षाको निर्माणलाई बढाउनु नै राष्ट्रिय रक्षा र सशस्त्र सेनाको आधुनिकीकरणको लागि एक अन्तर्निहित आवश्यकता हो र उच्च–स्तरीय सुरक्षाको उच्च गुणस्तरिय विकासलाई सुनिश्चित गर्ने उचित वास्तविकता पनि हो, जुन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत बलियो देशको निर्माण गर्न र राष्ट्रिय पुनरुत्थानको महान कार्यलाई व्यापकरूपमा बढाउनको लागि ठुलो महत्व रहेको पनि उहाँले पुष्टि गर्नुभएको छ ।
नयाँ युगबारे चर्चा गर्दै सीले भन्नुभयो, “चिनियाँ विशेषतायुक्त समाजवादको विचारधाराको मार्गनिर्देशनको पालना गर्दै राष्ट्रिय सुरक्षा रणनीति र सैन्य रणनीतिको समग्र स्थितिमा आधारित भई, समग्र स्वदेशी र अन्तर्राष्ट्रिय परिस्थितिको समन्वय गर्दा, सीमा, समुद्र र हवाई प्रतिरक्षाका नयाँ परिस्थिति, नयाँ विशेषता र नयाँ आवश्यकतालाई बुझ्नुपर्छ । बलियो र स्थिर आधुनिक सीमा, समुद्र र हवाई प्रतिरक्षा निर्माण गर्ने प्रयास गर्न आवश्यक छ ।”
सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको उक्त सामूहिक अध्ययन सत्र अगस्त १ का दिन चिनियाँ सेना दिवसको पूर्वसन्ध्यामा आयोजित गरिएको हो । सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगका तर्फबाट सी चिनफिङले जनमुक्ति सेनाका सबै कमान्डर तथा लडाकु, सशस्त्र प्रहरी बलका अधिकृत तथा सैनिकहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *