अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
-ल्यु लुलु
भारतबाट चीनमा जाने विद्यार्थीहरुको संख्या बेलायतबाट त्यहाँ जाने भन्दा बढी भएको भारतको टीएनएनले जनाएको छ । चीनका विभिन्न शिक्षण संस्थामा सबभन्दा बढी विद्यार्थीहरु पठाउने दश देशहरुमध्ये भारत पनि पर्दछ । एक प्रतिवेदनअनुसार संरा अमेरिका पछि अन्तर्राष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी जाने देश चीन बनेको छ ।
तथापि दोक्लाम विवाद, चिनियाँ हवाई क्षेत्रमा भारतीय ड्रोनको घुसपैठसँगै बेइजिङ र नयाँ दिल्लीबीचको सम्बन्धमा जटिलता थपिए पनि हालैका वर्षमा दुई देशबीच शैक्षिक र साँस्कृतिक सम्बन्ध भने बलियो बन्दै गएको छ ।
सन् २०१७ मा चीनमा पढ्न जाने भारतीय विद्यार्थीहरुको संख्या २० प्रतिशतभन्दा बढीले बढेको छ
उच्च शिक्षाको क्षेत्रमा चीन भारतीयहरुको लागि लोकप्रिय देश बन्दै गएको छ । विशेषतः बेल्ट एण्ड रोड अभियानको शुरुवातसँगै त्यो क्रम बढेको छ । भारत सरकारले भने सो अभियानमा औपचारिक रुपमा सहभागिता जनाएको छैन । तर सो अभियानअन्तर्गत पर्ने देशहरुलाई प्राथमिकता दिने चिनियाँ नीतिका कारण भारतीय विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्न र पढ्न जान आकर्षित गरेको छ । साथै चिनियाँ विश्वविद्यालयहरु पनि विश्वस्तरको मापणमा माथि उक्लिदैछन् । यसअघि भन्दा चिनियाँ विश्वविद्यालयहरुप्रति अन्तर्राष्ट्रिय विद्यार्थीहरुको विश्वसनीयता बढिरहेको छ ।
सन् २०१७ मा चीनमा पढ्न जाने भारतीय विद्यार्थीहरुको संख्या २० प्रतिशतभन्दा बढीले बढेको छ, चीनको दक्षिणपश्चिम वित्त तथा अर्थतन्त्र विश्वविद्यालयअन्तर्गत चीन र भूमण्डलीकरण अध्ययन केन्द्र र चिनियाँ सामाजिक विज्ञान अध्ययन प्रतिष्ठानले गरेको सर्वेक्षणले देखाएको छ ।
आपसी समझदारी बलियो बनाउन शिक्षा एउटा महत्वपूर्ण बाटो भएका कारण चीन र भारतबीचको सम्बन्ध बलियो बनाउन शिक्षाले विशेष भूमिका खेल्न सक्छ । त्यसअतिरिक्त धेरै भारतीय विद्यार्थीहरुले चीनमा चिकित्सा विज्ञान र इन्जिनियरिङ विषयमा आफ्नो भविष्य खोजिरहेका छन् । चीनको चिकित्सा र इन्जिनियरिङ उद्योग निकै अघि बढिसकेको हुनाले उनीहरु स्नातकसम्मको अध्ययन पश्चात चीनमै काम गर्न पनि सक्छन् । भारतीयहरुलाई चीनबारे बुझ्न सहयोग गर्न बाक्लो शैक्षिक संवादले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यो आफैमा बेइजिङ र नयाँ दिल्लीबीचको सम्बन्धमा तनाव कम गर्ने माध्यम हो ।
चीन र भारत दुवै उदयीमान शक्तिहरु भएका कारण एक अर्कासँग सिक्ने र संयुक्त विकासको लागि सहकार्य गर्नुपर्दछ । गएको वर्ष भारतको सबभन्दा ठूलो आईटी शैक्षिक कम्पनी द नेशनल इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीले चीनको गुइचाओ प्रान्तमा बीग दाता प्रोफेशनलहरुको लागि तालिम केन्द्र स्थापना ग¥यो । यस्ता खालका सहकार्यात्मक परियोजनालाई प्रोत्साहित गरिनुपर्दछ र आपसी सम्बन्ध बिस्तार र जनता–जनतासम्मको सम्बन्ध बलियो बनाउन साथ दिनुपर्दछ ।
अर्कोतिर चिनियाँ शैक्षिक संस्थाहरुले आफ्ना धेरै विद्यार्थीहरुलाई भारतमा पठाउन उत्साहित गरिनुपर्दछ । केही भारतीयहरु भारतमा जाने चिनियाँ विद्यार्थीहरु चीनमा पढ्न जाने भारतीय विद्यार्थीहरुको तुलनामा कम्ती भएको गुनासो पनि गर्छन् । दुई तर्फी शैक्षिक संवाद अभिवृद्धि गर्न अरु नीतिगत सुधार गरिनु पर्दछ । साथै भारतमा सुरक्षित वातावरण बनेको अवस्थामा अरु अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भारतमा आकर्षित गर्न सकिन्छ । यसमा भारतले थप लगानी गर्न जरुरी छ ।
सारमा दुई देशबीच हालैका वर्षमा शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा तीब्रतर गतिमा सम्बन्ध बिस्तार भइरहेको छ । जसको परिणाम चीन–भारत सम्बन्ध बिस्तारमा सकारात्मक प्रभाव पार्नेछ ।
स्रोतः ग्लोबल टाइम्स
Leave a Reply