भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
– हिना सुवाल
भक्तपुर, २५ पुस । जेंलाका ६१ वर्षका तेजबहादुर चित्रकारको पुर्खौली काम मुकुण्डो बनाउनु हो । तर आफ्नै दाइले सो पेसा अँगालेपछि उनले पुख्र्यौली पेशा छोडेर अर्कै काम रोजे । चित्रकारले घर रङ्गाउने काम सुरु गरे । उनी भन्छन्, “मैले आफ्ना छोराछोरीहरुलाई पेन्टर (घरमा रङ्ग भर्ने काम) भएरै हुर्काएँ । मेरो मेहेनतको राम्रै प्रतिफल पनि पाएँ । दुई छोराहरु अहिले अफिस जान थालेका छन् ।” “छोराहरु त हुर्के तर बढ्दो उमेरले म भने पहिलेभन्दा दिनानुदिन कमजोर भएको छु, धेरै हिंडडुल र काम गर्न नसक्ने भएको छु ।” उनी थप्छन् । त्यही कारण अहिले उनलाई छोराहरुले अरुको घरमा गएर रङ्ग लगाउने काम गर्नबाट रोकेका छन् । “मेरो फेरि अरुको जस्तै काम भएन भनीमा जुवातास खेल्न जान मन लाग्दैन । त्यसैले बेकामे भएर बस्नुको सट्टा आफ्नो पुर्खौली काम गर्ने सोच बनाएँ । छोराहरु पनि सहमत भए ।” चित्रकारको भनाई थियो ।
चित्रकारले पहिले भूकम्पले जीर्ण बनाएको घर मर्मत गरे । त्यसपछि सोही घरमा पसल खोले । उनले पसल थालेको भर्खरै ८ महिना पुग्दैछ । उनी दिनभर आफ्नै घरको पहिलो तलामा रेडियो सुन्दै मुकुण्डोहरु बनाउनमा व्यस्त छन् । यसरी नै उनको दिन बित्ने गरेको छ । रातदिन मेहनत गरी मुकुण्डो बनाएपनि त्यसको बिक्री भने खासै नभएको चित्रकारको गुनासो छ । तैपनि दिनमा एकदुईओटा बेचेर सालाखाला महिनामा १२ हजारसम्मको आम्दानी हुने गरेको चित्रकारले बताए । ‘आफूले गरेको श्रमको मूल्य पनि आउँदैन । नगरौं समय खेर जाने भयो, गरौं चित्तबुझ्दो व्यापार हुँदैन ।’ चित्रकारले आफ्नो दुखेसो पोखे ।
उनको पसलमा रु.१०० देखि हजारसम्मको मुकुण्डोहरु पाइन्छन् । ठूलठूलाभन्दा पनि धेरैजसो सानै आकारका मुकुण्डो बनाउने अर्डर आउँछ चित्रकारलाई । स–साना पुतली र पपेट बनाउनेहरुले सानै आकारका मुकुण्डो बढी प्रयोग गर्ने भएको हुँदा माग धेरै भएको उनले बताए । सबै आकारप्रकारका देवीदेवताको मुकुण्डोहरु बनाउन पनि माहिर छन्, चित्रकार ।
मुकुण्डो बनाउनको लागि प्रजापतिहरुले भाँडा बनाउन प्रयोग गर्ने कालो माटो, कपडा, रङ्गलगायतका कच्चा पदार्थ आवश्यक पर्ने चित्रकारले बताए । कालो माटो भने स्थानीय प्रजापतिहरुसँगै नै लिन्छन्, चित्रकार । “कालो माटो राम्ररी पेलेर मुछिसकेपछि माटोमा नेपाली कागज टाँस्नुपर्छ । त्यसैलाई फेरि रोटी पेलेझैं पेल्नुपर्छ, त्यसपछि मात्र मुखाकृति बनाउने काम थाल्नुपर्छ । त्यसरी बनाएको कालो माटोको मुकुण्डोलाई घाममा सुकाउनुपर्छ । सुकेपछि मात्र रङ्गभर्ने र अन्य कामहरु गर्नुपर्छ ।” चित्रकारले भने । सामान्य जीवन गुजारा गर्ने चित्रकारलाई काम भ्याई नभ्याई छ तरपनि सोको उचित बजार र मूल्य नपाउँदा उनी हैरान छन् । चित्रकारकोजस्तै सो पेशामा संलग्न धेरैजसो मानिसहरुको पनि श्रमअनुसारको उचित मूल्य नपाएको गुनासो छ । स्थानीय कलाकारहरुको सीप र कलाको संरक्षण र संवद्र्धन गर्दै जाने हो भने सम्बन्धित पक्षले उचित बजारको व्यवस्थामा ध्यान दिनु आवश्यक देखिन्छ ।
Leave a Reply