भर्खरै :

४४ औँ साहित्य तःमुंज्या लामुगः मा हुने

४४ औँ साहित्य तःमुंज्या लामुगः मा हुने

भक्तपुर, १९ साउन । ४४ औँ नेपालभाषा साहित्य तमुंज्या असोज २८ र २९ गते दुई दिन भक्तपुर नगरपालिका वडा नं ९ को लामुगः टोलमा हुने भएको छ । शनिबार भक्तपुरमा बसेको नेपालभाषा साहित्य तःमुंज्याको बैठकले ४४ वर्षदेखि दशैंको द्वादशी र त्रयोदशीका दिन गर्दै आएको साहित्यिक सांस्कृतिक सम्मेलन यो वर्ष भक्तपुर कमलविनायकस्थित लामुगःमा गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा प्रस्तुत हुने विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूको तयारी एवं प्रशिक्षणको लागि विभिन्न साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरूलाई जिम्मेवारी दिइएको तःमुंज्याले जनाएको छ ।
सम्मेलनको तयारीको लागि भनपा वडा ९ का साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा समाजसेवीहरूको भेलाबाट आयोजक समिति (ग्वसाखल) गठन गर्ने निर्णय पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *