के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
भक्तपुर नगर निश्चय पनि मठ–मन्दिर, पाटी पौवाको जीर्णाेद्वार, पुनः निर्माण, मूर्त र अमूर्त कला–संस्कृतिले संरक्षण गर्ने सहर भनी पत्रपत्रिकाले लेखेको र भनेको सुन्छु । तर, ख्वप लायकुको (दरबार स्क्वायरको) कला कृतिले भरिएको पशुपति मन्दिर केन्द्र सरकारले मर्मत सम्भार गर्दै गरेको तीन वर्ष नाघ्यो, अहिलेसम्म अलपत्रै छ, किन ? सरकारको निकम्मापन वा भ्रष्टाचारले सिंहदरबार मक्किएको हुँदा सरकारको विकास निर्माण बर्बाद भइरहेको होला । तर, प्राचीन कला–संस्कृति म्हास्ने सरकारले कुनै निहुँमा पनि आफू चोखिन सक्दैन !
बरु युग र पुस्ताबाट तिनीहरूको निन्दा भइरहने नै छ । त्यो पशुपति मन्दिरको छानामा झिङ्गटी इँटाले होइन जस्ताले छोपेको छ । पुराना काठहरू भित्र भित्रै सबै मक्किसकेको छ । त्यसको कसरी संरक्षण गर्ने हो थाहा छैन । यही तीनवर्षे अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र ओली प्रधानमन्त्री फेरिसक्नुभएको छ । तर, उहाँहरूले हामी गाउँ र पहाडबाट आएकाहरूले ठुलठुला निर्माण त थाहा हुन्न भन्नुहोला । तर, यस्ता प्राचीन मन्दिरबारे के थाहा पाउनुहुन्न भन्न मिल्ला ? यतिका वर्ष काठमाडौँ बसेका प्रधानमन्त्री र संस्कृति तथा पर्यटन मन्त्रीहरूले के सिक्नुभयो भनी जनताले प्रश्न गर्दै छन् ।
Leave a Reply