कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, साउन २२ । वागीश्वरी कलेज तुमचो कमलविनायकमा विश्वविद्यालय अनुदान आयोग UGC को सहयोगमा सञ्चालित उद्यमशीलता सहयोग कार्यक्रम ESP अन्तर्गत बीउ पुँजी (Seed Fund) वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यूजीसीको सम्पूर्ण प्रावधान पूरा गरी कलेजका विद्यार्थीद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिले उद्यमशीलताको लागि क्रमशः ३१ लाख ५० हजार र २४ लाख १० हजार बीउ पुँजी प्राप्त गरेका हुन् । प्राप्त हुने उक्त रकममध्ये पहिलो किस्ता ३० प्रतिशतका दरले चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि प्रजापतिले पुँजी प्राप्त गर्ने विद्यार्थीहरूको सफल उद्यमशीलता भावी विद्यार्थीहरूको लागि मात्र नभई देशकै लागि उदाहरणीय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यूजीसीको यो कार्यक्रम कलेजको लागि पनि पहिलो प्रयास भएकोले हामी सबैको लागि यो परीक्षा पनि हो । पैसा भनेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्ने गरिन्छ; पैसाको लोभमा फसे उद्यम बिग्रिन सक्छ† अत्यन्त सचेत हुन आवश्यक छ ।”
जुन विश्वासका साथ बीउ पुँजी दिइएको छ त्यसलाई सदुपयोग गरेर निर्धारित समयमा फर्काउन सक्नुपर्छ; अन्यथा सरकारी रकम सरह असुल गरिने जानकारी दिँदै उहाँले युवा शक्ति विदेश पलायन भएर देश कसरी बन्छ ? भनी प्रश्न गर्नुभयो ।
नेपाली युवा विद्यार्थीलाई देशमै टिकाउन ल्याइएको यूजीसीको कार्यक्रमको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “देश युवाहरूकै सिर्जनशीलताले सजाउने हो† आज दुई जनाले प्राप्त गरेको यो कार्यक्रम आगामी दिनमा अझ बढी विद्यार्थीले प्राप्त गर्न सकून् शुभकामना छ ।”
उहाँले युवा रोजगारीको लागि भक्तपुर नगरपालिकाले पनि रु. ५ लाखसम्मको बीउ पुँजी दिँदै आएको चर्चा गर्दै युवाकेन्द्रित विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान तथा छात्रवृत्ति महाशाखाका कार्यक्रम अधिकृत दिनेश प्रजापतिले उद्यमी बन्ने युवा सोचलाई यूजीसीले सहयोग गरेको चर्चा गर्दै सहयोग प्राप्त गर्न निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभयो । अरूले गरेको कामको नक्कल गर्नुभन्दा भिन्नै आफ्नो मौलिक सिर्जनामा लाग्न सुझाव दिँदै उहाँले कुनै पनि काम एक दुईचोटिको प्रयासबाटै सफल हुन्छ भन्ने छैन, यद्यपि प्रयास छोड्नु हुँदैन भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले उद्यमी बन्ने युवा विद्यार्थीहरू सम्बद्ध विभिन्न कार्यालयहरूमा सम्पर्क गर्न गा¥हो मान्नु हुन्न भन्दै युवा उद्यमशीलताको लागि हिजोआज धेरै सङ्घसंस्थाले सहुलियत दिइरहेको जानकारी दिनुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बिनाधितो विनाब्याज ५ वर्षसम्म पुँजी सञ्चालन गर्ने यो एउटा गौरवपूर्ण उपलब्धि भएको चर्चा गर्दै यसले शिक्षालाई उद्यमसित जोड्ने प्रयास गरेको छ; यसले युवा विदेश पलायनलाई थोरै भए पनि रोक्नेछ भन्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने यूजीसीलगायत सम्बद्ध सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अध्ययनरत विद्यार्थीहरू यसतर्फ आकर्षित हुन सुझाव दिनुभयो ।
कार्यक्रममा उद्यमशीलता कार्यक्रमका संयोजक अविना श्रेष्ठ, उद्यमशील विद्यार्थीद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिले पनि बोल्नुभएको थियो । उद्यमी कायष्ठले Handmade Wonders मार्फत खेर गएका कपडाबाट विभिन्न सामान उत्पादन गर्दै आउनुभएको छ भने प्रजापतिले Kytso Crafted Jewelr मार्फत माटोका विभिन्न गरगहनाहरू उत्पादन गर्दै आउनुभएको छ ।
Leave a Reply