कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २३ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको यही साउन ३१ र भदौ १ गते हुन गइरहेको तेस्रो भक्तपुर नगर सम्मेलन सम्पन्न गर्न शिक्षक सङ्घ भक्तपुर समितिले नगरका विभिन्न विद्यालयका प्रअ र इन्चार्जहरूको भेला ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइले भन्नुभयो, “यदि हामी इमानदार, योग्य, सक्षम, अध्ययनशील र देशभक्त शिक्षक तथा कार्यकर्ता हो भने युवा, विद्यार्थी र जनतालाई आवश्यक पर्नासाथ तुरुन्त आन्दोलनमा जान सक्ने गरी तयार गर्न आफू पनि तयार हुनुपर्छ । सम्मेलन भनेको नेतृत्व चयनमात्र होइन, तालिम दिनु, प्रशिक्षण दिनु, योद्धा बनाउनु वा कुनै पनि चुनौतीको सामना गर्नसक्ने गरी दीक्षित पनि गर्नु हो ।”
उहाँले शिक्षकहरूमा सधैँ नयाँ कुरा सिक्न, लिन र दिन अगाडि बढे मात्र क्रान्तिकारी हुने बताउँदै शिक्षकले मेहनत र परिश्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेक्राशिसङ्घ जहाँ छ, त्यहाँ सामूहिक भावना र नेतृत्व हुन्छ । त्यस भावना र आदर्शअनुसार काम हुन्छ चाहे विद्यालय वा कलेज होस् चाहे सङ्घसंस्था र सङ्गठन होस्,” उहाँले भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले शिक्षकले कति वर्ष पढाउनुभयो भन्दा समाज परिवर्तनको लागि के कति योगदान दियो त्यो महत्वपूर्ण हो भन्नुभयो । देशभक्त, लडाकु र क्रान्तिकारी युवा, विद्यार्थी तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले सम्मेलन पनि क्रान्तिको एक पाइला हो† पार्टीको विचार, सिद्धान्त तथा आदर्शअनुसार शिक्षकहरू अगाडि बढ्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न उक्त शिक्षक भेलामा सचिव विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply