जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, २४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिले सङ्घको ५७ औँ स्थापना दिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले देशका शासकहरूको राजनीति पद र पैसामा केन्द्रित भइरहेको उल्लेख गर्दै विदेशीले भनेको मान्ने र विदेशीसँग माग्ने प्रवृत्तिले देशको विकास नभएको हो भन्नुभयो ।
विदेशी शक्ति राष्ट्रले देशको स्वतन्त्रता, सार्वभौमिकतामा आँच आउने काम गरे पनि चुइँक्क नबोल्ने कायर शासकहरूको निन्दा गर्दै उहाँले भन्नुभयो, “भारतले सुस्तामाथि आक्रमण गर्दा किसान सङ्घका अग्रज कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे । भारतीय विस्तारवादको विरोध गरे । विदेशी थिचोमिचो, अन्याय–अत्याचारको विरोध गरे ।”
नरसंहारकारी इजरायलले अमेरिकाको साथ र सहयोगमा प्यालेस्टिनी जनतामाथि गरेको ध्वंसकारी कार्य र विदेशी थिचोमिचोको विरोध नेमकिपाबाहेक अरु कुनै दलले नगरेको उल्लेख गर्दै उहाँले भारतले देशको नदीनाला, उद्योग, कारखाना लिए पनि शासकहरूले चुइँक्क बोल्न नसकेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपाले अमेरिकी साम्राज्यवादविरोधी आन्दोलनलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उहाँले नेमकिपा जमिनदारहरूको विरोधमा छ† नेमकिपा वर्गसङ्घर्षमा विश्वास गर्छ† कामदार जनताको पक्षमा सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भ्रष्टाचारीहरूलाई सरकारले कारबाही नगरेकोमा चिन्ता व्यक्त गर्दै पुँजीवादी सरकारले श्रमजीवी जनताको हितमा काम नगर्ने बताउनुभयो ।
क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजवादी व्यवस्थाले मात्र श्रमजीवी वर्गको हित गर्छ† योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको व्यवस्था गर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाले समाजवादी सिद्धान्तअनुसार रानजीति गरिरहेको उल्लेख गर्दै राष्ट्रघाती सन्धिको निरन्तर विरोध गरिरहनुपर्छ भन्नुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले नेमकिपाले भ्रष्टाचारविरोधी आन्दोलन र राष्ट्रिय÷अन्तर्राष्ट्रिय समस्याबारे जनतालाई सुसूचित पार्दै आएको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमका सभापति गोविन्द दुवालले किसान आन्दोलनकै जगमा पार्टी स्थापना भएको चर्चा गर्दै किसान कार्यकर्ताहरू सङ्घर्षशील र राजनीतिक गतिविधिमा सक्रिय भइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य श्याम बिसुंखेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply