अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २६ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५७ औँ स्थापना दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) दाबी गरेका चार मजमदार, कानु सत्याललगायत नेताहरूले पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा परेको नक्सालवादी, डेब्रा, गोविबल्लपपुरमा स्थानीय जमिनदारको घरमा आगो लगाई र लुटपाट गरी सुरू गरेका थिए तर, तिनीहरूले जनसङ्गठन गर्ने महत्वपूर्ण कामलाई बेवास्ता गरे ।”
नेपालमा पनि तत्कालीन झापा गुटले ‘राज्यसत्ता बन्दुकको नालबाट उठ्छ’ भन्दै झापाका धर्मप्रसाद ढकालको ज्यान लिएर आन्दोलन सुरू गरेको उल्लेख गर्दै सचिव सुवालले जनतालाई सचेत र सङ्गठित नगरी उठाइएको नक्सलवादी आन्दोलन र झापा आन्दोलन दुवै असफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हतियार उठाउने र सशस्त्र सङ्घर्ष गर्नेहरू सबै कम्युनिस्ट हुँदैनन् । दास मालिकविरूद्ध सामन्त वर्गले र सामन्त वर्गविरूद्ध पुँजीपतिवर्गले हतियार उठाएर सत्ता प्राप्त गरेका थिए । नेपालमा पनि २००७ साल र त्यसपछि पनि हतियारको भरमा सत्ता कब्जा गरिएको थियो । तर, तिनीहरू कम्युनिस्ट थिएनन् ।”
सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजानेप्रति कार्यकर्ताहरू स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “पुँजीवादी संसद्को चुनाव जितेर पुँजीवादी सरकारमा जानेहरू संसद्वादी दलहरू हुन् ।”
उहाँले भन्नुभयो, “प्रधानमन्त्री हुन नेपालको नदीनाला प्राकृतिक स्रोत–साधन दोहन गराउने र देशलाई सिक्किम वा भारतको प्रदेशको जस्तो बनाउन तयार हुनेहरू नेपाली जनताका पार्टी होइनन्, तिनीहरू प्रतिक्रियावादी र विदेशी दलालका पार्टी हुन् ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेक्राकिसङ्घ स्थापनाका आधार तथा उद्देश्य र नेक्राकिसङ्घले गरेको सङ्घर्ष तथा आन्दोलनका गतिविधिबारे बताउनुभयो ।
उक्त कार्यक्रममा नेक्राकिसङ्घ चाँगु नगर समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, आर.बी. श्रेष्ठ र एस.बी फोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply