कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २६ साउन । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा यस वर्ष कक्षा १२ पूरा गरेका विद्यार्थीहरूका लागि शनिबार एक समारोहबिच बधाई तथा मार्ग निर्देशन कार्यक्रम भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समय व्यवस्थापन, अध्ययनलाई निरन्तरता र व्यवहारिक बनेर आफ्नो लक्ष्यमा पुग्न ध्यान दिनुपर्ने बताउनुभयो ।
एसईई र कक्षा १२ मा ५० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुमा सरकार नै जिम्मेवार भएको धारणा राख्दै उहाँले भन्नुभयो, “आवश्यकताअनुसार शिक्षक दरबन्दी नहुनु, प्रयोगशाला र पुस्तकालयको बन्दोबस्त नहुनु र नयाँ नयाँ प्रविधि तथा भौतिक पूर्वाधारहरूको कमी नै विद्यार्थी अनुत्तीर्ण हुनाका कारणहरू हुन् ।”
संविधानले मावि तहसम्म निःशुल्क शिक्षाको बन्दोबस्त गरे पनि विद्यालयलाई चाहिने आवश्यक आर्थिक सहयोग र शिक्षकको व्यवस्था गर्न नसक्दा विद्यालयहरूले आन्तरिक स्रोतको व्यवस्था गर्नुपरेको उहाँले बताउनुभयो ।
कक्षा ११ र १२ मा ख्वप मा.वि.मा ३९ सत्न्दा विद्यार्थी पढ्छन् तर सरकारले कुनै किसिमको अनुदान र शिक्षक दरबन्दी दिँदैन, कसरी निःशुल्क पढाउन सकिन्छ ? प्रमुख प्रजापतिले प्रश्न गर्नुभयो ।
युवा–विद्यार्थीहरू विदेश पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै उहाँले राम्रा र असल मानिसहरूले राजनीति नगरेसम्म खराब मानिसहरूको शासनमा बस्न बाध्य हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “अध्ययनको लागि कुनै पनि विषय नराम्रो छैन । जुनसुकै विषय अध्ययन गरे पनि विशेषज्ञ बनेर देश र समाजको सेवा गर्ने लक्ष्य लिनुपर्छ ।”
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले उच्च लक्ष्य र आदर्श जीवन प्राप्त गर्न शुभकामना दिँदै वागीश्वरीले पाठ्यक्रमसँगै स्थानीय समाजसँग परिचित विभिन्न गतिविधिहरू गर्दै आएको बताउनुभयो ।
प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको विकासका लागि एनजीओ आइएनजीओसँग भर नपरेको बताउँदै स्वाभिमान र स्वाधीनतालाई बन्धकमा राखेर वागीश्वरीले कहिल्यै कसैसँग सहयोग नलिएको स्पष्ट पार्नुभयो ।
उहाँले वागीश्वरीमा सरकारी पक्षबाटै अनेक प्रकारका षड्यन्त्र गरी झुक्याउन खोजेको प्रति आक्रोश व्यक्त गर्दै वागीश्वरी परिवारले सीप र संस्कारयुक्त हजारौँ देशभक्त नागरिक तयार गरिरहेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्र्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरीले विद्यार्थीको अनुकूलतामा विभिन्न कार्यक्रमहरू ल्याएको बताउँदै कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न बाहिर जानु नपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले वागीश्वरी कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू देशकै नमुना साबित भइरहेको बताउँदै गुणस्तरीय शिक्षा र क्षमता लक्षित कार्यक्रमकै कारण वागीश्वरी अध्ययनको राम्रो थलो बनेको औँल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले कक्षा १२ को परीक्षाफलको समष्टिगत विश्लेषण गर्दै वागीश्वरी विद्यार्थीहरूको प्रगतिका लागि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।
सहायक प्रधानाध्यापक उकेश सुवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्लस टु उत्कृष्ट विद्यार्थी ओमकुमार नेपाली, प्लस टु व्यवस्थापन उत्कृष्ट विद्यार्थी विनिता तामाङ, बीबीए दोस्रो वर्षका युनिका तुल्सीबाख्यो र बीबीए चौथो वर्षका कृपा प्रजापतिले विद्यालय र कलेजबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा कक्षा १२ पूरा गरेका विज्ञान समूहका ४१ जना, व्यवस्थापन समूहका दुई सय ४७ जना, मानविकी समूहका ६५ जना र शिक्षा समूहका १९ जना गरी जम्मा तीन सय ७२ जनालाई अतिथिहरूले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथिबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहबाट सर्वोत्कृष्ट अङ्क ल्याउने क्रमशः ओमकुमार नेपाली, विनिता तामाङ, दुर्गा बस्नेत र राधिका बेकोजुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूबाट नृत्य, गायनलगायतका साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Leave a Reply