स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
कमलविनायकस्थित कमलपोखरी मन्दिरको डिलमा समेत केही वर्ष अगाडि मोटरसाइकल गुडाउने गर्दथ्यो । त्यही बाटो भएर आन्तरिक एवम् बाह्य पर्यटकहरू आफ्नो मन बहलाउने गर्दथे । आज पनि पर्यटकहरू यसरी नै समय बिताउने गर्छन् । विशेषगरी गर्मी मौसममा पोखरी आसपासमा घुम्न आउनेहरूको घुँइचो लाग्ने गर्दछ । यसरी मोटरसाइकल र ट्याक्टरसमेत गुड्ने गरेको सो डिलमा हिजोआज घुम्नुको छुट्टै मज्जा आउन्छ कारण अब त्यहाँ कुनै सवारी साधन गुड्ने गर्दैन । यसलाई धेरैले सकारात्मक मानेका छन् । तर केही समय अगाडि देखि भने उक्त डिलमा बिहान तरकारी पसल राख्नेहरू र किन्नेहरूको भीड लाग्ने गरेको देखिन्छ । बिहान मर्निड वाकमा आउने र मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूलाई त्यसले असर परेको विषयमा सायद कमलविनायक मन्दिर परिसर सुधार समितिका सदस्यहरूलाई जानकारीको अभाव परेको देखिन्छ । उक्त स्थानमा एक, दुई हुँदै पसल राख्नेहरूको एउटा समूह नै देखा परेको छ अथवा पसल राख्ने र किनमेल गर्नेको घुइँचो विस्तारै बढेको छ । पोखरीको डिलमा पसल राख्न दिनु र राख्नु के उचित छ ? यसबाट बटुवाहरूलाई पर्ने असरको बारेमा दुबै पक्षले विचार गर्नुपर्ने देखिन्छ ।
पोखरीको डिल पसल राखेर आय आर्जन गर्नका लागि बनाएका त होइन होला । फेरि पसल राख्नेको भनाइ हुनसक्छ कि डिलमा बटुवालाई असर पर्ने गरी पसल राखेका होइनौं । तर याद गर्नुपर्ने कुरा के हो भने पसलको क्षेत्रफल सधैं एकैनासको नहुन पनि सक्छ भने अर्कोतिर पसल बिहानमात्र सञ्चालन हुने नभएर भोलि अरु पसलहरू जुन दिनभर सञ्चालन गर्ने हो भने के पोखरीको आजको सौन्दर्य कायम रहला ? अनि पोखरीको सौन्दर्यमा कमी आउँदा यसले स्थानीय वासी, वडा र नगरपालिकालाई समेत नकारात्मक असर पर्ने कुरामा विवाद नहोला । कमलविनायकस्थित कमलपोखरी मन्दिरको डिलमा समेत केही वर्ष अगाडि मोटरसाइकल गुडाउने गर्दथ्यो । त्यही बाटो भएर आन्तरिक एवम् बाह्य पर्यटकहरू आफ्नो मन बहलाउने गर्दथे । आज पनि पर्यटकहरू यसरी नै समय बिताउने गर्छन् । विशेषगरी गर्मी मौसममा पोखरी आसपासमा घुम्न आउनेहरूको घुँइचो लाग्ने गर्दछ । यसरी मोटरसाइकल र ट्याक्टरसमेत गुड्ने गरेको सो डिलमा हिजोआज घुम्नुको छुट्टै मज्जा आउन्छ कारण अब त्यहाँ कुनै सवारी साधन गुड्ने गर्दैन । यसलाई धेरैले सकारात्मक मानेका छन् । तर केही समय अगाडि देखि भने उक्त डिलमा बिहान तरकारी पसल राख्नेहरू र किन्नेहरूको भीड लाग्ने गरेको देखिन्छ ।
बिहान मर्निड वाकमा आउने र मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूलाई त्यसले असर परेको विषयमा सायद कमलविनायक मन्दिर परिसर सुधार समितिका सदस्यहरूलाई जानकारीको अभाव परेको देखिन्छ । उक्त स्थानमा एक, दुई हुँदै पसल राख्नेहरूको एउटा समूह नै देखा परेको छ अथवा पसल राख्ने र किनमेल गर्नेको घुइँचो विस्तारै बढेको छ । पोखरीको डिलमा पसल राख्न दिनु र राख्नु के उचित छ ? यसबाट बटुवाहरूलाई पर्ने असरको बारेमा दुबै पक्षले विचार गर्नुपर्ने देखिन्छ । पोखरीको डिल पसल राखेर आय आर्जन गर्नका लागि बनाएका त होइन होला । फेरि पसल राख्नेको भनाइ हुनसक्छ कि डिलमा बटुवालाई असर पर्ने गरी पसल राखेका होइनौं । तर याद गर्नुपर्ने कुरा के हो भने पसलको क्षेत्रफल सधैं एकैनासको नहुन पनि सक्छ भने अर्कोतिर पसल बिहानमात्र सञ्चालन हुने नभएर भोलि अरु पसलहरू जुन दिनभर सञ्चालन गर्ने हो भने के पोखरीको आजको सौन्दर्य कायम रहला ? अनि पोखरीको सौन्दर्यमा कमी आउँदा यसले स्थानीय वासी, वडा र नगरपालिकालाई समेत नकारात्मक असर पर्ने कुरामा विवाद नहोला । त्यसैकारण बिहान तरकारी पसल राखेर केही आय आर्जन गर्न चाहनेहरूको लागि छुट्टै स्थान उपलब्ध गराउनेतर्फ पनि दुवै पक्षले पहल गर्नुपर्ने देखिन्छ । कमलविनायक मन्दिर परिसर सुधार समितिले यसमा अगुवाइ गर्नुपर्ने वा मन्दिर परिसरको वातावरणलाई व्यवस्थित गर्ने कामलाई निरन्तरता दिनु आवश्यक छ ।
–चञ्चला, भक्तपुर
Leave a Reply