अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८१ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने विषयमा सोमबार सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले सापारुको अवसरमा विगत वर्षहरूमा झैँ यस वर्ष पनि परम्परागत र आधुनिक सांस्कृतिक विधाहरूको संरक्षण र संवद्र्धन गर्न सांस्कृतिक प्रस्तुतिहरूको मूल्याङ्कन गरी पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादितरूपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरूमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरू हटाउन २०८१ साल भदौ १ गतेभित्र सबैले आ–आफ्ना तारहरू व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरू नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय ग¥यो ।
बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, केबल नेटवर्क तथा वडा निरीक्षकसहितको समिति गठन गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतको उपस्थिति थियो ।
Leave a Reply