भर्खरै :

धानबालीमा लाग्ने कीरा तथा रोग व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

धानबालीमा लाग्ने कीरा तथा रोग व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २८ साउन । भनपा वडा नं. २ मा धानबालीमा लाग्ने रोग कीरा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवम् भनपा कृषि समितिका संयोजक राजकृष्ण गोराले जसरी मानिसको शरीर स्वस्थ रहन पोषणयुक्त आहारको आवश्यकता पर्छ त्यसरी नै धानबालीलाई उचित गोडमेल गरी रोगको पहिचानपछि मात्र विषादीको सही प्रयोग भएमा बालीमा राम्रो हुने बताउनुभयो ।
माटोको गुणस्तरमा ¥हास आई उत्पादन न्यून भइरहेको अवस्थामा भनपाद्वारा माटोको गुणस्तर नाप्न माटो परीक्षण कार्य गर्दै आइरहेको चर्चा गर्दै उहाँले उत्पादन वृद्धि गर्न, माटोको गुणस्तर बढाउन भनपाद्वारा उत्पादित कम्पोस्ट मल प्रयोगमा जोड दिनुभयो । उहाँले धानबालीको अवलोकन गर्दै धानबालीमा लाग्ने रोग–कीराको पहिचानसहित न्यूनीकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत कृषि उत्पादनसम्बन्धी अध्ययन अनुसन्धान गर्नलाई प्राथमिकता दिँदै आएको चर्चा गर्नुभयो ।
उहाँले बढ्दो युवा बिदेसिने क्रमलाई न्यूनीकरण गर्न युवा उद्यमशील ऋण लगानी र कृषि ऋणको व्यवस्था हुँदै आएको बताउनुभयो । बढ्दो सहरीकणसँगै व्यवस्थित आवासको लागि योजना सञ्चालन गर्दै आइरहेको चर्चा उहाँले गर्नुभयो ।
कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले धानबालीमा लाग्ने कीरा न्यूनीकरण गर्न बाली लगाउनुपूर्व नै माटोको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको चर्चा गर्दै बढी रासायनिक मलको प्रयोगबाट धानबाली राम्ररी सप्रिनुको सट्टा बाली बिग्रने अधिक सम्भावना भएकोले किसानहरू सचेत हुनुपर्ने, विषादी प्रयोग गर्नुपूर्व सावधानी अपनाउनुपर्ने र धानबालीमा लाग्ने विभिन्न रोग तथा कीरा नियन्त्रण प्रक्रियाबारे बताउनुभयो ।
कार्यक्रममा रत्नकाजी नातरी, श्यामसुन्दर मातां र मञ्जु लाखाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *