भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

भक्तपुर, २८ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा आइतबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा अतिथि सुवालले ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबारे भावी सन्ततिलाई जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै देशभक्त, सक्षम, असल र अनुशासित कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
देश र जनताको सेवामा कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्ने उल्लेख गर्दै उहाँले सैद्धान्तिक ज्ञानको साथै व्यवहारिक शिक्षा पनि दिनुपर्छ भन्नुभयो ।
देश र जनताको हितमा सरकारको ध्यान पुगेको छैन† पुँजीवादी व्यवस्थाको दुर्गुणले देश अधोगतिमा गइरहेको छ र देशमा नीतिगत भ्रष्टाचार व्याप्त छ, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले ऐतिहासिक भ्रष्टाचारविराधी आन्दोलन २०२५ साउन २ र २०२६ असार १९ मा भएको घटनाबारे प्रस्ट्याउँदै सहकारी तथा सङ्घ संस्थामा हुने भ्रष्टाचारबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा चानपा ५ वडा समितिका अध्यक्ष रत्नबहादुर ह्यौंमिखाको अध्यक्षतामा भएको कार्यक्रममा एसबी फोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *