कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २९ साउन । मङ्गलबार अगस्ट १३ अर्थात् विश्व अङ्गदान दिवस । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मङ्गलबार विश्व अङ्गदान दिवसको अवसरमा एक कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले गर्नुभयो ।
प्रमुख अतिथि पौडेलले अङ्गदाता परिवारहरूलाई सम्मानपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई अङ्ग प्रत्यारोपणको केन्द्र बनाई सातवटै प्रदेशमा यसका उपकेन्द्रहरू सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।
सीमित स्रोतसाधन, पूर्वाधार र जनशक्तिबाट स्वास्थ्य क्षेत्रमा अधिक लाभ हासिल गर्न आवश्यक गृहकार्य भइरहेको बताउँदै उहाँले भक्तपुरस्थित अङ्ग प्रत्यारोपण केन्द्र साँघुरो भएकोले उपयुक्त ठाउँमा स्थानान्तरणको लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवारत सबै चिकित्सक र कर्मचारीप्रति सम्मान प्रकट गर्दै उहाँले अङ्गदान र अङ्ग प्रत्यारोपनले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको बताउनुभयो ।
उहाँले स्वास्थ्य बीमालाई रु. १ लाखबाट बढाएर पाँच लाख पु¥याउने योजना हालै सार्वजनिक गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै अङ्ग प्रत्यारोपणको सुविधा आरम्भले बिरामीहरूलाई विदेशमा गएर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
अङ्गदानबारे सहज कानुन आवश्यक भएको बताउँदै उहाँले नागरिकहरूलाई अङ्गदानको लागि प्रोत्साहित गर्न समय समयमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिनुपर्ने बताउनुभयो ।
सरकारी अस्पतालहरूमा पनि डाइलासिसको सेवा उपलब्ध भएमा बिरामीहरूलाई धेरै राहत मिल्ने बताउँदै उहाँले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउनु आवश्यक छ भन्नुभयो ।
स्वास्थ्य क्षेत्र जनताको सेवा गर्ने उपयुक्त माध्यम हो भन्दै उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गरे धेरै बिरामीहरू यसबाट लाभान्वित हुने बताउनुभयो ।
भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आफूले पनि अङ्गदान गर्ने घोषणा गर्दै नेपालमै अङ्ग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरूलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रादेशिक अस्पतालहरूमा पनि डाइलाइसिस सेवा सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापना भएको १२ वर्षको समयावधिमा करिब १३०० मिर्गौला प्रत्यारोपण र हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भइसकेको जानकारी गराउनुभयो । अङ्ग प्रत्यारोपणजस्तो संवेदनशील विषयलाई सातै प्रदेशमा विस्तार गर्न सकेमात्र नेपाली बिरामीलाई राहत हुने बताउँदै उहाँले नेपालमा हालसम्म मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने करिब २६०० जनाले मन्जुरीनामा दिइसकेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका चिकित्सक डाक्टर कल्पनाकुमारी श्रेष्ठ, अङ्गदाता दुर्गा ढकाल र अभियन्ता बासुदेव पौडेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply