फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, ३० साउन । ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा कलेजमा अध्ययनरत विद्यार्थीबिच भइरहेको ग्रीष्मकालीन खेलकुद प्रतियोगिता भइरहेको छ ।
कलेजका उपप्राचार्य एवम् विद्याथी परामर्श समितिका संयोजक डा. सुवेगमान बिजुक्छेँले खेल निर्णायहरूलाई खेल सामग्री हस्तान्तरण गरी बुधबार प्रतियोगिता उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा उपप्राचार्य बिजुक्छेँले खेलकुद प्रतियोगिता एवं अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा शारीरिक एवं मानसिक स्फूर्ति कायम राख्न मद्दत गर्नुको साथै समूहगत कार्य गर्ने सीपको विकास हुने बताउनुभयो ।
हारजितभन्दा अनुशासित भई मित्रता बढाउने उद्देश्यले खेल खेल्न उहाँले सुझाव दिनुभयो ।
प्रतियोगिता भक्तपुर नगरपालिकाको टेबलटेनिस कभर्ड हलमा भइरहेको छ । साउन ३० गते देखि ३२ गतेसम्म हुने उक्त प्रतियोगितामा टेबलटेनिस र व्याडमिन्टनमा गरी २०७ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।
Leave a Reply