भर्खरै :

व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक जग्गा र पोखरी पुनः सरकारी मातहतमा ल्याइनुपर्ने

व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक जग्गा र पोखरी पुनः सरकारी मातहतमा ल्याइनुपर्ने

स्याङ्जा, ३२ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउने तीव्रता दिएको साउन ३१ गतेको ‘गोरखापत्र’ दैनिकमा प्रकाशित भयो ।
सङ्घीय राजधानी काठमाडौँ जिल्ला प्रशासनले थबहीको सार्वजनिक कमलपोखरीमा बनेको १५ तल्लाको छायाँ कम्प्लेक्स व्यापारिक भवन सरकारी मातहतमा ल्याउने विलम्ब गरेकोमा जनता प्रश्न उठाउँदै छन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सार्वजनिक जग्गा, झौखेलस्थित सरकारी कमलपोखरी, मध्यपुर थिमी नगरपालिकास्थित हनुमन्ते खोलाको जग्गासमेत निजी दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले सरकारको मातहत ल्याउन तीव्रता दिे अपेक्षा गर्नु अस्वाभाविक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *