भर्खरै :

तःमुंज्याको साहित्य समिति गठन

तःमुंज्याको साहित्य समिति गठन

भक्तपुर, ३२ साउन । चवालीसौँ नेपालभाषा साहित्य तःमुज्या भव्यरूपमा सफल बनाउन शुक्रबार साहित्यप्रेमीहरूको भेला भयो ।
भेलामा भनपा वडा नं. ४ का पूर्ववडाध्यक्ष एवं जनकवि चन्द्रबहादुर उलकले जनताको साहित्यबारे चर्चा गर्दै साहित्य राम्रो बनाउन साहित्यमा अलङ्कार र उपमा प्रयोग गर्नु जरूरी रहेको बताउनुभयो ।
निरन्तर अध्ययन र साधनाले मात्र कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिने धारणा राख्दै उहाँले साहित्यमा पनि यो कुरा लागु हुने बताउनुभयो ।
“जनताको साहित्य लेख्नेहरूले जनताको समस्या उजागर गर्नुको साथै समाधानको बाटो पनि देखाउनु जरूरी छ”, उहाँले भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले सबै पुरस्कृत साहित्य स्तरीय नहुने र आलोचना हुँदैमा लेख्न छोड्न नहुने बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजु, वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा र रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
भेलाले रामेश्वरी कोजुको संयोजकत्वमा साहित्य समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *