भर्खरै :

“क्रान्तिकारी शिक्षकहरू साम्राज्यवादी, पुँजीवादी शोषण र अन्यायविरुद्ध लड्ने नागरिक तयार गर्नमा लाग्छन्”

“क्रान्तिकारी शिक्षकहरू साम्राज्यवादी, पुँजीवादी शोषण र अन्यायविरुद्ध लड्ने नागरिक तयार गर्नमा लाग्छन्”

भक्तपुर, ३२ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ ले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको तेस्रो नगर सम्मेलन उद्घाटन गर्नुभएको छ ।
सो क्रममा शुभकामना मन्तव्य दिँदै उहाँले शोषक समान्तहरूबाट भएको अपमानविरूद्ध इख लिएर भक्तपुरका किसानहरूले काम गरेपछि भक्तपुरको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।
सरकारले भक्तपुरलाई विगत ३० औँ वर्षसम्म पनि एक राम्रो नेपाली शिक्षक पनि नदिएको चर्चा गर्दै उहाँले विद्यार्थीलाई जगैदेखि राम्रो गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय घट्नाहरूको जानकारी दिन सके भविष्यमा त्यसको प्रभाव राम्रो हुनेछ । कुनै बेला चीनमै पनि ‘चिनियाँ कुकुरलाई प्रवेश निषेध’ भन्ने सूचना लेखेर चिनियाँको अपमान गरिन्थ्यो† त्यसैको बदला लिन चिनियाँले मिहिनेत गरे पछि चीन वर्तमान अवस्थामा आइपुगेको हो ।”
क्रान्तिकारी शिक्षकहरू सरकारको पाठ्यपुस्तकमा मात्र सीमित नहुने बताउँदै उहाँले देश विदेशका क्रान्तिका कुराहरू साम्राज्यवादी र पुँजीवादी शोषण र अन्यायका कुरा नयाँ पुस्तालाई बताएर अन्याय विरूद्ध लड्ने नागरिक तयार गर्नमा लाग्छन् भन्नुभयो ।
हतियारको व्यापार गर्न संसारका विभिन्न देशमा युद्ध चर्काउने संरा अमेरिकाको विरोधमा पाठ्यपुस्तकमा एक शब्द पनि नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संरा अमेरिका संसारकै सबभन्दा ठुलो हात हतियारका उत्पादक र बिक्रेता हो† उसको शक्तिको हतियारका उत्पादक र बिक्रेता हो† उसको शक्तिको मूल्य भनेकै डलरको मूल्य हो । त्यसैले आफ्नो देशमाथि आक्रमण गर्ने देश भनेर प्रजग कोरियाले डलर लिँदैन ।”
देशभक्त विद्यार्थी तयार गर्नु शिक्षकको प्रमुख दायित्व हो, देशको निम्ति स्कूलहरू क्रातिका बारूदखाना जतिकै हुनुपर्छ भन्दै उहाँले विद्यार्थीलाई बेलायती क्रान्ति, फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, सन् १९१७ को रूसी क्रान्तिका विषयहरू पनि जानकारी दिएर सचेत पारिाराख्नुपर्छ भन्नुभयो ।
पहिले पहिले युरोपियनहरूले रूसलाई सा¥है हेलाहोचो गर्थे भन्दै उहाँले रूसले पनि त्यही हेलाहोचोविरूद्ध लागेर क्रान्ति पारेका थिए; क्रान्तिपछि रूसमा जग्गा जमिन, बैङ्क, उद्योग सबै राष्ट्रियकरण गरेको बताउनुभयो ।
भक्तपुरका शिक्षकहरूले विद्यालयका विद्यार्थीलाई मात्र नभई रात्री कक्षाहरू सञ्चालन गरी सर्वसाधारण मजदुर किसानलाई समेत पढाएर विगतमा समाज परिवर्तनको लागि योगदान पु¥याएको चर्चा गर्दै उहाँले जनतालाई सचेत पार्ने कठिन काममा शिक्षकको देन महत्वपूर्ण भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले शिक्षक सङ्घलाई आफूले एक विद्यार्थीको नजरले हेर्दा नेक्राशिसङ्घको नेतृत्वमा चलेका स्कूलहरू राम्रा रहेको बताउनुभयो ।
क्रान्तिकारी शिक्षकहरू अध्ययनशील, मिहिनेती हुने कुरामा शिक्षक–अभिभावकहरू विश्वास गर्ने चर्चा गर्दै उहाँले सिक्ने–सिकाउने पढ्ने पढाउने काममा हामी कहाँ छौँ भनी सङ्गठनले समीक्षा गर्नुपर्ने बताउनुभयो ।
एक पत्रकारसँगको अन्तर्वार्तामा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङले आफूलाई शिक्षक भनी परिचय दिएको बताउँदै उहाँले एक शिक्षकको नेतृत्वमा भएको चिनियाँ क्रान्ति र त्यसको वर्तमान चीनले गरेको प्रगति नेपाल र नेपालीको निम्ति प्रेरणादायी भएको विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “माओले क्रान्तिपछि चीनमा ‘आधा काम र आधा अध्ययन’ भन्ने नीति अपनाई पढ्ने र कामलाई सँगसँगै लानुभएको बताउनुभयो ।
संरा अमेरिका विभिन्न देशमा रहेको खनिज तेल हातमा लिएर अघि बढिरहेको छ भने चीन सौर्य र जलविद्युत्बाट अघि बढ्ने प्रयास गरिरहेको छ भन्दै उहाँले चीनले शैक्षिक कूटनीति अँगाली पचासौँ लाख पश्चिमाहरूलाई चीनमा विज्ञान र गणित पढाइरहेको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सरकार सङ्घीयताको भावनाविपरीत स्थानीय पालिकाको अधिकार फेरि केन्द्रिकृत गर्ने प्रयासमा रहेको चर्चा गर्दै शिक्षकलाई राजनीतिबाट अलग्याउने पञ्चायती बुद्धि गणतान्त्रिक मन्त्रीहरूमा कहाँबाट आयो भन्दै देशको प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरूको पु¥याएको योगदानलाई कम आँकलन नगर्न चेतावनी दिनुभयो ।
आयोजक नगर समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त समारोहमा उपाध्यक्ष शिवराम बोहजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विष्णुप्रसाद दुमरूले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समारोहमा शिक्षिका रामेश्वरी कोजु र दीपक माकले पनि बोल्नुभएको थियो ।
सम्मेलनको बन्द सत्र शनिबार पनि चालु रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *