सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
ललितपुर, ३२ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा प्यालेस्टिनमा इजरायली फासीवादले गरेको विभत्स जातिसंहारविरुद्ध फोटो प्रदर्शनी कार्यक्रम शुक्रबार मङ्गलबजारमा सम्पन्न भयो ।
कोणसभामा नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुने भएकाले संसारमा जहाँ जहाँ अन्याय र अत्याचार हुन्छ त्यसको विरोधमा विरोध र भत्र्सना गर्ने हाम्रो कर्तव्य भएको बताउनुभयो ।
नेमकिपाले विदेशको कुरा मात्र गर्छ भन्ने फासीवादी सोचले ग्रसित शासक दलको आरोपको खण्डन गर्दै २०२५ सालमा भारतद्वारा अतिक्रमित नेपाली भूमि सुस्तादेखि लिम्पियाधुरा–लिपुलेक हुँदै राजधानीकै कमलपोखरीको विषयलगायत विभिन्न असमान तथा देशघाती सन्धि सम्झौताको विरोधमा जनताको आवाज सडक र सदनमा उठाउने पार्टी नेमकिपा नै भएको उहाँले बताउनुभयो ।
देशघाती एमसीसी सम्झौता र एमसीसी साझेदारी पास गर्ने शासक दलहरूले नेपाललाई नवउदारवादको प्रयोगशाला बनाउँदै उहाँले विदेशको लागि सस्तो कामदार उत्पादन गर्ने कारखाना बनाएको बताउनुभयो ।
उहाँले देशमा राम्रा विश्वविद्यालय नभएको, भएका विश्वविद्यालय र आङ्गिक क्याम्पसमा शैक्षिक अराजकताका कारण बाध्य भएर विद्यार्थी बिदेसिनु परेको र त्यहीँ सिलसिलामा दशकौँदेखि युद्धग्रस्त भूमि इजरायलमा पढ्न गएको समयमा १० जना नेपाली विद्यार्थी मारिनु, विपिन जोशी सम्पर्कविहीन हुनु एक दुःखद घटना बताउनुभयो ।
उहाँले आज प्यालेस्टिनमा दैनिक १३० जनाको दरले प्यालेस्टिनी जनताको हत्या भइरहेको र ६० प्रतिशतभन्दा बढी भौतिक संरचना ध्वस्त भएको बताउँदै प्यालेस्टिनी जनताले न्याय नपाएसम्म प्यालेस्टिनको पक्षमा ऐक्यबद्धता जनाउने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले इजरायलले अमेरिकाले दिएको हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय युद्ध आचारसंहिताको उल्लङ्घन गर्दै स्कूल, अस्पताल, धार्मिकस्थलमा आक्रमण गरी आमा र बच्चा एकसाथ मारेको बताउनुभयो ।
उहाँले शत्रुको व्यवहार देखाउने फासीवादी र साम्राज्यवादी शक्तिराष्ट्रसँग सयौँ वर्षसम्म अथकरूपमा सङ्घर्ष गर्न एकताबद्ध भएर कसरी लड्नुपर्छ भन्ने पाठ प्यालेस्टिनी जनताबाट सिक्नुपर्ने बताउनुभयो ।
उहाँले आफूबाहेकको अस्तित्व स्वीकार नगर्ने विचार नै फासीवादी विचार भएको औँल्याउँदै अन्याय, अत्याचार गर्दै अशान्ति मच्चाउने जुनसुकै शक्तिराष्ट्रको राजदूतावास हटाउनुपर्ने बताउनुभयो ।
कमिसनको मुख ताक्ने शासक दलका नेता, पैसा र पावरको खेलमा लागेकाले देशमा अन्तर्राष्ट्रिय कम्पनीको प्रभाव बढ्दै गएको र चुरेभावर र महाभारत पर्वत शृङ्खलामा पाइने चुनढुङ्गाबाट देशले उल्लेख्य फाइदा उठाउन सक्ने उदाहरण दिँदै देशमा केही छैन भनेर निराशाको व्यापार गर्ने नेतालाई जनताले बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
जीडीपी बढ्नु या घट्नुले काम गरिखाने जनतालाई केही फरक नपर्ने भन्दै उहाँले देशमा विशुद्ध राजनीति नभएसम्म ब्रह्मलुट मच्चाउने, नीतिगत भ्रष्टाचार गर्नेको लागि देश स्वर्ग र इमानदारका लागि नर्कजस्तै भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका नरेश महर्जनले प्यालेस्टिनको इतिहास र आजको अवस्थाको बारे बताउँदै प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउँदै शान्ति र न्यायको पक्षमा सारा संसार एक भएर उठ्नुपर्ने बताउनुभयो ।
उक्त फोटो प्रदर्शनी र कोणसभा कार्यक्रममा नेक्राविसङ्घका साथीहरूले ‘जिन्दावाद जिन्दावाद, प्यालेस्टिन जिन्दावाद’ गीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा रणबहादुर रानाले पनि बोल्नुभएको थियो ।
Leave a Reply