जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ३२ साउन । विश्व युवा दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं ८ कार्यालयले लागुपदार्थको दुव्र्यसनी तथा युवाहरूको भूमिका विषयमा प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी व्यवस्थाकै कारण लागुपदार्थ दुव्र्यसनी बढेको भनाइ राख्नुभयो । चीनका युवाहरूलाई अफिमको लतमा फसाएर बेलायतले देशै कब्जा गरेको उदाहरण राख्दै उहाँले भक्तपुरका जनताको सङ्घर्षशील भावना कमजोर पार्न यहाँका युवालाई लागुपदार्थको कुलतमा फसाउने षड्यन्त्र गर्ने सम्भावनाप्रति सचेत हुनुपर्ने तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले विद्यार्थीलाई सामाजिकीकरण गर्न टीम तथा क्लवहरूको सञ्चालन गर्न सकिने भन्दै किशोरकिशोरीको मनोविज्ञानबारे अभिभावक जानकार हुनुपर्ने विचार राख्नुभयो । उहाँले आधुनिक सञ्चारमाध्यमको कारण किशोरकिशोरी दिग्भ्रमित हुनसक्ने भएकोले बहस तथा छलफलको गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं ८ का पूर्ववडाध्यक्ष महेन्द्र खायमलीले युवाहरू कुलतमा फस्ने सम्भावना बढ्दै गएकाले सबै गम्भीर तथा सचेत हुनुपर्ने भनाइ राख्नुभयो ।
भनपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले युवाहरूको निम्ति खेलकुदलगायतका गतिविधिमा सहभागी गराई कुलतबाट जोगाउने प्रयास भइरहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक चिरन्जीवी न्यौपानेले लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न सहयोगको निम्ति अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरू रामसुन्दर बासी र सुमित्रा बोहजूले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply