बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
सरकारले कानुनतः छाउपडी प्रथा अन्त्य गरेको छ तर व्यवहारमा लागू भएको छैन । त्यही छाउपडी प्रथाले गर्दा बेलाबखत महिलाहरूको मृत्यु भइरहेको छ । पछिल्लो पटक अछामको तुर्माखाड गाउँपालिकाको लकान्द्रमा सोमबार (पुुस २३) छाउगोठमा २३ वर्षीया गौरी बुढाको मृत्यु भयो । आइतबार बेलुका खाना खाएर छाउगोठमा सुतेकी गौरी सोमबार बिहान मृत फेला परेकी हुन् । सरकारको काम ऐन नियम पारित गर्नुमात्र होइन, लागू गर्नु पनि हो । ऐन नियम लागू गर्न विभिन्न गतिविधिहरू गर्नुपर्छ । जनचेतनामूलक काम हुनुपर्छ । सरकार कहिले ऐन कानुन बनाउन ढिलो गर्छ त कहिले बनेको ऐन कानुन लागू गर्नेतर्फ पाइला चाल्दैन । सरकारले कानुनतः छाउपडी प्रथा अन्त्य गरेको छ तर व्यवहारमा लागू भएको छैन । त्यही छाउपडी प्रथाले गर्दा बेलाबखत महिलाहरूको मृत्यु भइरहेको छ । पछिल्लो पटक अछामको तुर्माखाड गाउँपालिकाको लकान्द्रमा सोमबार (पुुस २३) छाउगोठमा २३ वर्षीया गौरी बुढाको मृत्यु भयो ।
सरकारले कानुनतः छाउपडी प्रथा अन्त्य गरेको छ तर व्यवहारमा लागू भएको छैन । त्यही छाउपडी प्रथाले गर्दा बेलाबखत महिलाहरूको मृत्यु भइरहेको छ ।
आइतबार बेलुका खाना खाएर छाउगोठमा सुतेकी गौरी सोमबार बिहान मृत फेला परेकी हुन् । छाउपडी गोठ साँगुरो र फोहर हुन्थ्यो । यो ठाउँ सुरक्षित हुँदैन । कुखुरा र सुंगुरपाल्ने जस्तो गोठमा मानिसले जीवन यापन गर्नुपर्ने रजस्वला भएका महिलाहरूको बाध्यता छ । छाउपडी गोठमा बसेकी महिलाहरूमा कति जाडोले कठ्याङ्ग्रिएर, कति निस्सासिएर मृत्यु भएको पाइन्छ । कति महिलाहरू विषालु सर्पले डसेर त कहिले ज¥्गली जनावरबाट मृत्यु भएका छन् । मानिसलाई पशुवत् व्यवहार गर्ने संस्कार फेर्नैपर्छ । अन्धविश्वास र कुरीतिमा रहेर मान्छेको ज्यान जाने यो छाउपडी प्रथा अन्त्य गर्न स्थानीय जनता पनि सचेत हुनुपर्छ, जाग्नुपर्छ । जनता जगाउने काममा सरकार अघि सर्नुपर्छ । छाउपडी प्रथा कुरीति हो । रजस्वला भएपछि महिलालाई अछूतको व्यवहार गर्नु सामन्ती संस्कार हो । परम्पराको नाउँमा अहिले पनि छाउपडी प्रथा कायम राख्नु या त्यसलाई निरन्तरता दिनु अन्धविश्वास हो । मान्छे मारिने त्यो परम्परा तोड्नुपर्छ । छाउपडी प्रथा व्यवहारतः अन्त्य गर्न सरकारले एकातिर जनचेतना जगाउनुपर्छ भने अर्कोतिर छाउपडी प्रथा अन्त्य गर्ने अभियान सञ्चालन गरेर हाल रहेका सबै छाउगोठ भत्काउनु पर्छ । यो अभियान छाउपडी प्रथा कायम रहेको बस्ती बस्तीमा पुगेर जनचेतना जगाउनुपर्छ । जनचेतना जगाउन नसकेकै कारण छाउपडी प्रथा पालना गर्ने सिलसिलामा महिलाहरूको मृत्यु भएको हो । छाउपडीको कारण मृत्यु हुने घटना फेरि नदोहोरियोस् । यसमा स्थानीय ज्येष्ठ नागरिक, बुद्धिजीवी, समाजसेवी, राजनीतिक कार्यकर्ता आदिको पनि ध्यान जानुपर्छ ।
–गुणकेशरी रंजितकार
Leave a Reply