जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
‘बाह्य परिवेश, आन्तरिक जटिलता र काङ्ग्रेस’ शीर्षकमा ‘उत्तेजना होइन चेतना, आवेग होइन विवेक र तोड्ने होइन जोड्ने नेतृत्व यतिबेला आवश्यक छ’ जस्ता अभिव्यक्ति कम उमेरका व्यक्तिबाट होइन, अनुभवले खारिएका व्यक्तिहरूबाटै आउने गर्छन् । तर, कहिलेकाहीँ राम्रो कुरा कति शासक दलका नेता र कार्यकर्तालाई ‘भालुलाई पुराण’ झैँ हुने गर्छ । युवा जोश, सत्ताप्रतिको तीव्र आशक्ति र राजनीति भनेको व्यक्तिगत र पारिवारिक हितको निम्ति गरिने जुवा वा ‘म्युजिकल चियर’ सम्झन्छन् । देशको दुर्भाग्य यसैमा छ ।
हो, ‘०७८ साउनमा अफगानिस्तानमा राष्ट्रपति असर्रफ घानी, ०७९ असारमा ‘श्रीलङ्काबाट प्रधानमन्त्री महिन्दा राजापाक्षे, ०८१ साउनमा बङ्गलादेशबाट प्रधानमन्त्री शेख हसिना बाजेदको शासकीय पतन नेपालका लागि पनि चेतावनीको अर्थमा बुझ्नु बुद्धिमत्ता हुन्छ ।
देश र इतिहासबाट सिकेरै सत्तामा पुग्नेहरू मात्रै हाम्रो देशमा शासन गर्ने गरेका भए के नेपाल झन्झन् तल पुग्ला त ? सबै नदी–नाला, उत्पादनका साधनहरू कलकारखाना, यातायातका साधन, ट्रली बस, रक्सौल अभलेखगञ्ज र जयनगर जनकपुर रेल, हटौँडा–काठमाडौँ रोपवे, व्यापार आदि विदेशीलाई सुम्पेर वा विदेशीकै भनाइमा लागेर भताभुङ्ग पार्ने र आफ्ना कार्यालयहरूका हाकिमहरूसमेत विदेशीको कुरा सुन्ने व्यक्तिहरू राखेर देश विकास कसरी ? र कहाँ विकास भएको छ ?
सरकारमा जानु स्वयम् एक परीक्षा हो । असफल प्रधानमन्त्री र मन्त्रीहरूलाई दोहो¥याई तेह¥याई मन्त्री बनाउनु भनेको परीक्षामा असफल विद्यार्थीलाई पुनः त्यसै कक्षामा राख्नु सरह हो । राम्रो कुरा त के हो भने त्यस अग्रलेखका लेखक हुन् अर्जुन नरसिंह केसी– राजनीतिशास्त्र र कानुनका पुराना हस्ती । (नयाँ पत्रिका–३१ साउन २०८१)
‘बङ्गलादेशी क्रान्तिः धर्मनिरपेक्षताको पाठ’ शीर्षकको अर्काे लेख दिल्ली विश्व विद्यालयका हिन्दी प्राध्यापक अपूर्वानन्द नेपाली पाठकहरूको निम्ति पनि नयाँ नाम होइन । ‘फ्रन्टलाइन’ बाट साभार गरिएको लेखभन्दा भारतका साम्प्रदायिक तत्वले बङ्गलादेशी हिन्दूविरुद्ध हिंसाका घटनालाई भारतका मुसलमानमाथि आक्रमण गर्ने बहाना बनाइरहेका छन् ।
सत्य के हो भने बेलायती उपनिवेशवादीहरूले हिन्दू मुसलमानको दङ्गा भड्काएर वा अन्य प्राप्त र जातजातिहरूलाई भिडाएर २०० वर्षसम्म शासन गरे । भारतीय स्वतन्त्रता आन्दोलनले ठीक दिशा लिन लागेपछि कुनै न कुनै दङ्गा अङ्ग्रेजहरूले मच्चाउँछन् र भारतीय जनतालाई आपसमा लडाइँ शासनलाई चालु राख्छन् । पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउन भारतीय शासकवर्गले नै ‘मुक्ति बाहिनी’ वा ‘गोर्खा बहादुरहरूलाई वे–फाउन्डरको जुुत्ता लगाउन दिँदा भारतीय सेनालाई बाटो सफा गर्ने काम गर्दै’ शेख मजबुर रहमानलाई दिल्लीबाटै ‘बंग बन्धु’ बनाएका हुन् । त्यही बाटोबाटै उनकी छोरीलाई प्रधानमन्त्री र तानाशाही बनाउँदै देश छोड्ने बाटो बनाएको हो भन्नेबारे हरेक ५० वर्ष नाघेका आलोचनात्मक दृष्टिकोण भएका हरेक बुद्धिजीवी अवगत छन् ।
तर, अपूर्वानन्दको लेख राम्रो छ, बुझिने छ र साम्प्रदायिक दङ्गाको आगोमा घ्यु थप्नेहरू उदाङ्गिने पक्का छ ।
साउन ३१ का दैनिक पत्रिकाका शीर्षकहरू
एनसेलको लाइसेन्स म्याद १५ भदौमा सकिँदै, ५ वर्षपछि सरकारको स्वामित्वमा नपठाउन दबाब (राजधानी–३१ साउन २०८१)
कभरस्टोरी ‘सामाजिक सुरक्षा भत्ता, बुझ्नै सास्ती’ (अन्नपूर्ण पोष्ट–३१ साउन २०८१)
सम्पादकीय –‘खुम्चिएको राजस्व’ ‘संविधान : पुनरावलोकन कि संशोधन ?’
नुवाकोट– ‘बजार अनुगमनमा अखाद्य वस्तु बरामद’ (अन्नपूर्ण –३१ साउन २०८१)
‘राजस्व हिनामिनामा अर्बाैँका मुद्दा खेपेकालाई सफाइ !’ राजस्व हिनामिना अझै बढ्ने त्रास, विशेष फैसलाविरुद्ध अख्तियार पुनरावलोकनमा गर्ने’–(नेपाल समाचारपत्र– ३१ साउन २०८१)
(उड्डयन प्राधिकरणका महानिर्देशकको अक्षमता’
‘अधिकारीकै पालामा ‘हवाई दुर्घटना, ११८ को मृत्यु’
‘असक्षम रहेकोले निलम्बन गर्न सांसदको माग’ (नेपाल समाचारपत्र–३१ साउन २०८१)
‘वायु प्रदूषण मृत्युदर रोक्न नेपाल असफल’
‘एक वर्षमै ४८ हजारको ज्यान गयो ।’ (नागरिक दैनिक –३१ साउन २०८१)
Leave a Reply