सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
संरा अमेरिकाले राजनीतिक प्रणालीले वैधानिकताको सङ्कटको सामना गरिरहेको छ । सङ्कटको एक प्रमुख घटक संरचनात्मक र अमेरिकी शासनमा निहित छ । संरा अमेरिकाका राजनीतिज्ञहरू जनताको सेवाका कारण राजनीतिमा सफल हुँदैनन् । उनीहरूलाई मतदाताहरूसामु प्रस्तुत गर्नुअघि अथाह सम्पत्ति र शक्ति प्रयोग गर्ने समाजको सानो अंशद्वारा चयन गरिन्छ ।
अमेरिकी राजनीतिज्ञहरूले अवलम्बन गर्ने नीतिहरू र विदेश नीतिभन्दा जनताको हितमा ठूलो अन्तर कतै छैन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनमा चीनप्रतिको आर्थिक दृष्टिकोणलाई हेर्दा यो स्पष्टरूपमा देखिन्छ । ट्रम्प प्रशासनअन्तर्गत, संरा अमेरिकाले चिनियाँ निर्यातमा कर लगाएको छ र चीनको प्राविधिक क्षेत्रमा प्रतिबन्ध लगाएको छ । बाइडेन प्रशासनको अधीनमा संरा अमेरिकाले चिनियाँ विद्युतीय सवारी क्षेत्रलाई खुम्च्याउन अनेक शुल्कहरू बढायो, चिनियाँ प्राविधिक निगमहरूको ‘कालो सूची’ विस्तार ग¥यो र चीनको उच्च–प्रविधि (हाइटेक) विकासलाई रोक्नको लागि सेमीकन्डक्टर उद्योगलाई हमलाको तारोको रूपमा लक्षित ग¥यो । चीनतर्फको अमेरिकी विदेश नीतिमा दुई अमेरिकी प्रशासनको निरन्तरताले आफ्नो सैन्य मुद्रामा विस्तार गरेको छ किनकि दुबै प्रशासनले चीनको सिमानामा एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्यीकरणलाई तीव्रता दिएको र एक चीन सिद्धान्तको उल्लङ्घन गर्दै ताइवानलाई खतरनाक हतियार सहयतामा वृद्धि देखेको छ ।
अमेरिकी विदेश नीतिलाई केही पनि फरक पर्दैन, चाहे त्यसले चीन वा अन्य राष्ट्रलाई लक्षित गरोस् वा अमेरिकी जनतालाई घाटा पुगोस् । अमेरिकी विदेश नीतिका कारण सयौँ अरब अमेरिकी डलर विध्वंसक हतियारमा बेपत्ता भएका छन्, जबकि धेरै अमेरिकीहरू ऋण, गरिबीको बढ्दो दर, कम आयु, मुद्रास्फीति र स्थिर ज्यालासँग सङ्घर्ष गरिरहेका छन् । यसले राजनीतिक वैधताको सङ्कट निम्त्याएको छ जहाँ काङ्ग्रेस र राष्ट्रपतिको समर्थन निरन्तररूपमा न्यून हुँदै गएको छ भने दुई–दलीय प्रणालीमा तेस्रो–पक्ष विकल्पहरूको समर्थन उच्च बिन्दुमा छ । प्रश्न उठ्छ, त्यसोभए, अमेरिकी राजनीतिज्ञहरू किन आफ्ना घटकहरूको हित पूरा गर्न असफल भइरहेका छन् ? सामान्य कामदारलाई बेवास्ता गर्दा उनीहरूले सैन्य ठेकेदार र एकाधिकार वित्तीय संस्थाहरूलाई समृद्ध बनाउन किन रोज्छन् ?
संरा अमेरिका लोकतन्त्र होइन, यो निजी पुँजीको तानाशाही हो । अमेरिकी जनसङ्ख्याको एक प्रतिशतले अमेरिकी सम्पत्तिको एक तिहात्न्दा बढी स्वामित्व राख्छन् । तर, सबैभन्दा महत्वपूर्ण कुरा, यो एक प्रतिशतमा संरा अमेरिकाका ठूला एकाधिकार र वित्तीय संस्थाहरूको सम्पत्ति मालिकहरू समावेश छन् र तिनीहरूको संरक्षण अमेरिकी नीतिसँग प्रत्यक्ष मेल खाने राजनीतिक प्रणाली डिजाइन गरिएको छ जबकि राजनीतिज्ञहरूले सधैँ नै आम अमेरिकीहरूलाई फाइदा पु¥याउने वाचा गर्ने गर्छन् । यद्यपि, एकपटक निर्वाचित यी राजनीतिज्ञहरूले जनताको हितको खर्चमा धनी निगम र खान्दानहरूलाई समृद्ध बनाउने एजेन्डा पछ्याउँछन् । २०१४ मा, दुई अमेरिकी विद्वानहरूले विभिन्न स्वार्थ समूहहरूले सरकारी नीतिमा राखेको प्रभावको बारेमा अध्ययन गरे । उनीहरूले फेला पारे कि ठूला व्यवसाय र चासो समूहहरूले अमेरिकी नीतिमा ठूलो प्रभाव पारेको छ र औसत नागरिकहरूले कुनै पनि प्रभाव पारेको छैन । तिनीहरूको खोजहरूले प्रमाणीकरणको कुनै कमी पाएनन् । धेरैजसो मानिसहरू आर्थिक र सामाजिक सङ्घर्षको सामना गरिरहेका छन्, अमेरिकी राजनीतिज्ञहरू युक्रेन र इजरायललाई थप सैन्य सहायता पठाउन र कर्पोरेट र वित्त क्षेत्रका धनीहरूसँग कोष सङ्कलन गर्न व्यस्त छन् । यसले केही हदसम्म राजनीतिक अस्वस्थतालाई उदाङ्गो गरेको छ, तर यसले धेरै मानिसहरूलाई दुई–दलीय व्यवस्थाविरुद्ध वैकल्पिक राजनीतिक बाटो खोज्न प्रोत्साहित गरेको छ ।
अमेरिकी नीति र मानवताको हितहरू बिचको खाडल सबै समयको उच्चमा पुग्दा, अमेरिकी राजनीतिज्ञहरूले वैधताको बढ्दो सङ्कटलाई कसरी राम्रोसँग व्यवस्थापन गर्ने भनेर आपसमा प्रतिस्पर्धा गर्न जारी राख्नेछ । अमेरिकीहरूको निरन्तर बढ्दो सङ्ख्या यस प्रक्रियाको घृणाजनक हुनेछ । यसको मतलब यो हो कि संरा अमेरिकामा अझ बढी ध्रुवीकृत राजनीतिक वातावरण आउँदैछ किनभने मानिसहरूले औसत अमेरिकी र कुलीन वर्गहरूबिचको सकल शक्तिलाई विकृतितिर उन्मुख गर्छन् । यस बिचमा तिनीहरू थप जनता–सञ्चालित र जनता–केन्द्रित राजनीतिक एजेन्डाको लागि आफ्नो इच्छा पूरा गर्ने तरिकाहरू खोजिरहेका छन् ।
(लेखक अमेरिकामा स्वतन्त्र पत्रकार र फ्रेन्ड्स अफ सोसलिस्ट चाइनाका सह–सम्पादक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply