हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
डिजिटल युगमा सामाजिक सञ्जाल सूचना प्रवाहको मुख्य माध्यम बनेको छ । तर, यससँगै यसले बिस्तारै विभिन्न अन्तर्निहित कमजोरीलाई पनि उजागर गर्दै आएको छ । यी त्रुटिहरूले अन्तर्राष्ट्रिय द्वन्द्वलाई उत्तेजित पार्ने भूमिकामात्र खेलेको छैन बरु कतिपय अवस्थामा तिनीहरू सामाजिक अशान्तिको प्रत्यक्ष कारण पनि बनेका छन् । बेलायतमा हालैका ठुलठुला दङ्गाहरूले सामाजिक सञ्जालमा सामग्रीलाई नियमन गर्न महत्वपूर्ण छ भनेर सम्झाउने काम गरेको छ ।
बेलायतमा हिंसात्मक दङ्गा चक्कु आक्रमणबाट सुरु भयो, तर चाँडै धेरै क्षेत्रमा हिंसात्मक द्वन्द्वमा परिणत भयो । डरलाग्दो कुरा के छ भने दङ्गा फैलाउनुमा सामाजिक सञ्जालमा फैलिएको गलत सूचनासँग नजिकको सम्बन्ध छ । अति दक्षिणपन्थी समूहहरूले सामाजिक अशान्तिको आगोमा घ्यु थपेर घृणायुक्त भाषण र गलत सूचनाहरू छिटो फैलाउन सामाजिक मिडिया प्रयोग गरेका छन् ।
बेलायतको दङ्गाको सन्दर्भमा, धार्मिक चरमपन्थको कट्टरपन्थी बयानबाजी र अति दक्षिणपन्थीहरूको जातीय घृणाका (जेनोफोबिक) भावनाहरू सामाजिक सञ्जालमा उम्लेका छन्, जसले सामाजिक विभाजनलाई अझ फराकिलो बनाएको छ । यो अन्तरक्रिया अनलाइन भाषणहरूमा मात्र प्रकट भएको थिएन, तर वास्तविक कार्यहरूमा पनि रूपान्तरण गरिएको थियो । यसले देखाउँछ कि पश्चिममा सामाजिक सञ्जाल अतिवादी विचारहरू फैलाउने साधनमात्र बनेको होइन, यी विचारहरूलाई कार्यमा ल्याउने मञ्च पनि बनेको छ ।
यो पृथक घटना होइन कि संरा अमेरिकामा क्यापिटल दङ्गादेखि लिएर विश्वभरि भएका विरोध प्रदर्शनहरू, सामाजिक मिडियामा फैलिएको अफवाह र गलत सूचनाहरू प्रायः सामाजिक अशान्तिको महत्वपूर्ण चालक बनेका छन् । सामाजिक सञ्जालमा सूचना प्रायः प्रमाणीकरणबिना फैलिन्छ र प्लेटफर्महरूको समीक्षा संयन्त्र कमजोर वा प्रभावहीन देखिन्छ ।
यी घटनाहरूले वास्तवमा पश्चिमी सामाजिक सञ्जालको आन्तरिक संयन्त्रमा तीन प्रमुख जालहरू प्रतिबिम्बित गर्दछ ः ‘राजनीतिक तटस्थता’ जाल, ‘प्लेटफर्म इम्युनिटी’ जाल, र ‘विश्वव्यापी प्रसार’ जाल । यी तीन जालहरूबाहेक, ध्यान दिनलायक अर्को जाल ‘राजनीतिक शुद्धता उन्मुक्ति’ जाल हो । पश्चिमा समाजमा, राजनीतिक शुद्धताले सार्वजनिक नीति निर्माण र कार्यान्वयनमा प्रवेश गरेको छ । यो राजनीतिकरूपमा सही दृष्टिकोणले वास्तवमा चरम लोकप्रियतावादको उदय र उत्तेजित गर्न उर्वर भूमि प्रदान गर्दछ । त्यसकारण, बेलायतको दङ्गा सामाजिक सञ्जालको मात्र समस्या होइन, तर पश्चिमी समाजमा लामो समयदेखि चलिरहेको आन्तरिक द्वन्द्वको परिणाम पनि हो ।
त्यस्ता द्वन्द्वहरू व्यवस्थापन गर्दा, पश्चिमी राजनीतिज्ञहरू र सम्बन्धित अधिकारीहरूले समाधानहरूभन्दा पनि आफ्नो राजनीतिक स्वार्थलाई प्राथमिकता दिएर जिम्मेवारीलाई पन्छाउने गरेका छन् । अन्तिम नतिजा भनेको समाजले सबै मूल्य चुकाउनुपर्छ जबकि अभिजात वर्ग सुरक्षित स्थानमा रहन्छ, न कारबाही गर्छ न जिम्मेवारी निर्वाह गर्छ । यो पश्चिममा यी मामिलाहरूको निरन्तर बिग्रनुको मुख्य आधारभूत कारण हो । यी अन्तर्निहित त्रुटिहरूको सामना गर्दै पश्चिमी सामाजिक मिडियाले धेरै आवश्यक परिवर्तनहरू गर्न सक्छ वा गर्दैन भन्ने जनचासोको विषय बनेको छ । तर, अहिलेको अवस्थाका आधारमा पश्चिमा सामाजिक सञ्जालका विकृतिविरुद्धको प्रयास अझै अपर्याप्त रहेको देखिन्छ ।
आजको भूमण्डलीकरणको युगमा सामाजिक सञ्जाल सूचना प्रवाहको महत्वपूर्ण माध्यमको रूपमा उभिएको छ, जसले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । तर, प्रभावकारी शासनबिना यी प्लेटफर्महरू सामाजिक अशान्तिको उत्प्रेरक पनि बन्न सक्छन् । बेलायतमा हालैका दङ्गाहरू एक गम्भीर चेतावनी हो ः पश्चिमी सामाजिक मिडियाले तुरुन्तै सामग्रीको मध्यस्थता र जवाफदेहितामा ठोस परिवर्तनहरू गर्न आवश्यक छ, तबमात्र सूचना प्रसारमा निष्पक्षता र न्याय प्राप्त गर्न सकिन्छ ।
यद्यपि, यो ध्यान दिनुपर्दछ कि सामाजिक मिडियाको भूमिकामा अत्यधिक ध्यानकेन्द्रित गर्दै बेलायतको दङ्गामा पश्चिमी समाजको प्रतिबिम्ब स्पष्ट पूर्वाग्रह देख्रिएको छ । यो एकतर्फी प्रतिबिम्बले दङ्गाको पछाडिको अन्तर्निहित प्रेरणाको खोजी गर्ने इच्छा र क्षमताको कमीलाई प्रकट गर्दछ । समाजको असन्तुष्टि, चरमपन्थी विचारधाराको फैलाइ र सरकारको निष्क्रियता दङ्गाको मूल कारण हो ।
चीनजस्ता देशका लागि बेलायतमा भएको दङ्गाले महत्वपूर्ण पाठ सिकाउँछ । सामाजिक सञ्जाललाई प्रभावकारीरूपमा नियमन गरी गलत सूचनाको सम्प्रेषण रोक्न विश्वव्यापी चुनौती बनेको छ । यस सन्दर्भमा, चीनले अन्य देशहरूको अनुभव र पाठहरूबाट सिक्न थप बलियो सामाजिक सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सूचना प्रवाहको सुरक्षा र जवाफदेहिता सुनिश्चित गर्न सक्छ ।
सामाजिक सञ्जालले विश्वसामु आफूलाई दोधारे तरवारका रूपमा प्रमाणित गरिसकेको छ । एकातिर, यसले सूचनाको स्वतन्त्र प्रवाहको लागि प्लेटफर्म प्रदान गर्दछ । अर्कोतर्फ, यसले गलत सूचना र चरमपन्थी विचारधाराहरूको फैलाइलाई प्रोत्साहन गर्छ । तर, सामाजिक सञ्जाललाई दोष लगाउने वा चरमपन्थी सामग्री मेटाउने मात्रै समस्याको मूल समाधान हुँदैन । पश्चिमी समाजहरूले गहिरो प्रतिबिम्बमा संलग्न हुन आवश्यक छ र सामाजिक अशान्तिको आधारभूत कारणहरूलाई वास्तविकरूपमा कम गर्नको लागि ठोस सुधारहरू गर्न आवश्यक छ । यदि तिनीहरूले गर्दैनन् भने बेलायतको दङ्गाजस्ता घटनाहरू पश्चिमी समाजहरूको लागि पुनरावर्ती नयाँ सामान्य त्रास सधैँको लागि रहनेछ ।
(लेखक फुदान विश्वविद्यालयको साइबरस्पेस गभर्नेन्सको अनुसन्धान केन्द्रका निर्देशक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइन
अनुवाद : प्रकाश
Leave a Reply