भर्खरै :

भारतले कपिलबस्तुमा एकतर्फी बनाएको बांधको कारण नेपालको कृषिबाली डुबान, सरकारले चुइँक्क बोल्न सकेन

भारतले कपिलबस्तुमा एकतर्फी बनाएको बांधको कारण नेपालको कृषिबाली डुबान, सरकारले चुइँक्क बोल्न सकेन

कपिलवस्तु, ७ भदौ । भारतद्वारा एकतर्फीरूपमा बनाइएको बझाहा बाँधका कारण धान रोपिएको ४ सय बढी विघा भू–भाग डुबानमा परेको छ । असार र गत शनिबार परेको अविरल वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाको एक दर्जन गाउँका साढे ३ सय बढी कृषकको ४ सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको हो ।
वर्षापछि बाँधले गर्दा मायादेवी गाउँपालिका वार्ड नं ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँका धान लगाएका खेत पानीमा डुबेका छन् । त्यस्तै यशोधरा गाउँपालिका वार्ड नं १, रजवापुर, वार्ड ६ पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् ।
३ देखि ५ किमि दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ । जता हे¥र्यौ उतै पानी पानी देखिन्छ । पिपराको तुल्सीडहवा गौरामा लगाइएको धान डुबेको छ । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुबानकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्नै पाएका छैनन् । भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षा याममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन् । बाँधमा रहेको २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषकहरू बताउँछन् । वर्षा पछि बाँधको ढोका नखोलिँदा ३ सय बिघामा लगाइएको धानबाली पानीले डुबेको मायादेबी गाउँपालिका वडा नम्बर ४ तुलसी हिडवाका जगदी यादवले बताए ।
पूरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानको लागि कसैले पहल गरेको छैन । तुलसी डिहवाका अर्का कृषक मोबिन अहमदले भने, अब कसरी परिवारको गुजारा चलाउने । सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बझाहा तालको बाँधको ढोका बन्द गरिदा यस क्षेत्रमा रहेको ५४२/४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ ।
भारतको चिल्हीया थाना अन्तर्गत पर्ने हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्छ । बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बझाहा क्षेत्रमा भारतले एकतर्फी १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण बर्सेनि डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न भारतीय पक्षले एकतर्फी तालको बाँध बर्सेनि अग्लो बनाउँदै आएको छ । सीमा क्षेत्रको बझाहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिँदै आएकाले यसको दिर्घकालीन समाधान खोज्नुपर्ने मायादेवी गाउँपालिका प्रमुख वलीउद्दीन मुसलमानले बताए । उनले वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गर्नुपर्ने बताए । उनले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे । प्रजिअ विश्वप्रकाश अर्यालले बझाहा बाँधका कारण डुबानले कृषकहरू समस्यामा परेको कुरा कतैबाट नआएको झूटा कुरा बताए । उनले नेपाल सरकारसँग भारत सरकारको सम्झौताका कारण आफूहरूले चाहेर पनि सबै कुराको समाधान गर्न नसक्ने पनि बताए । उनले ठुलो क्षतिबारे कहीँ कतैबाट कुरा नभएको बताए ।
बाँधले भारतीय कृषकलाई फाइदा नेपाली कृषकलाई घाटा
भारतले एकतर्फीरूपमा बनाएको बाँधका कारण भारतीय कृषकलाई फाइदै फाइदा छ । नेपाली कृषकलाई भने सधैँ घाटा लागेको छ  । आफूलाई पानी चाहिँदा बाँधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतले सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थानाअन्तर्गत बजहामा बाँध बनाएको छ । बाँध सीमामै छ । बाँधको उत्तरतिर ठुलो सागर छ । हजार बढी विगाहामा रहेको सागर आधा नेपाल र आधा भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिँचाइ गर्छ । विशेष गरि हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । वर्षा र अत्यधिक पानी पर्दा बाँधका ढोकाहरू नखोलिँदा पानीले नेपालतिर डुबान गर्छ । सागरको पश्चिम दक्षिणमा २० र ८ ढोके पक्की बाँध छ । २० ढोके बाँध ५० मिटर लामो छ ।
८ ढोके बाँध २० मिटर लामो छ । ५ मिटर चौडा बाटो छ । बाँध बनाएको केही वर्षसम्म बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर ४ चक्के ठुलो सवारीसाधन आवतजावत गर्ने बनाइएको छ । बाँध पनि मर्मत सम्भार गर्दै नयाँ गरिएको छ । आवत जावतका लागि बाटो भन्दै बाँध उँचो बनाउँदै लगिएको छ । यसले नेपाल तिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादवले बताए । बाँधबाट साढे ३ सय बढी कृषक प्रभावित हुँदै आएका छन् । बाँधको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको छ । जसले गर्दा कपिलवस्तुको सीमा क्षेत्रमा नेपाली कृषकहरूले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् ।
ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरूले भने निकै क्षति व्योहोर्नु परेको कृषकहरू बताउँछन् । ‘ पानी धेरै भयो भने बाँधको ढोका बन्द गर्छन्, कम भयो भयो सिँचाइ सुविधाका लागि बाँध खोल्छन् । मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराका कृषक जगदीश सिंह यादवले दुखी हुँदै भने, तर यसको समाधानका लागि कसैले चासो लिँदैनन् । आफ्नो खेत वर्षभरी नै बाँझै भए पनि मालपोत भने उनीहरूले तिर्दै आएका छन् । उता स्थानीय प्रशासनले दुई देशको अधिकारीबिच हुने समन्वयात्मक बैठकमा हरेकपल्ट सो बाँधले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन । उता महली सागर मझौली बाँधले पनि नेपालका सयौँ बिघा जमिन डुबानमा पर्ने गरेको छ ।
यशोधराको भावपुर, तितिर्खी, पुर्निहवा, रजवापुर र रमावापुर गाउँ, मायादेवीको तुल्सीडिहवा, गौरा, गौरी र सानो सिसहनिया गाउँको करिब ४ सय हेक्टर खेत डुबानका कारण ३ सय ५० बढी कृषक प्रभावित बनेका छन् । सोमबार दिउँसोदेखि फेरि पानी पर्दा डुबान झनै बढाउँदै लगेको छ । भारतले बनाएको बाँधका ढोका नखोल्दा पानी निकास हुन नपाई नेपालतर्फ खेत डुबाउने गरेको हो । बाँधका कारण समस्या बनेको कुरा पटक पटक उठाउँदा पनि सुनवाई नभएको कृषकहरू बताउँछन् । उनले भने, “आम्दानीको बाटो यही खेतीपाती हो । ऋण गर्जोमा मिहनेत गरेर खेती लगायौँ, परिश्रम खेर जाँदा चुलोचौको र बालबच्चाको पढाइ कसरी टार्ने ? अत्यधिक वर्षाकै कारण भावपुर–रतनपुर, सिसहनिया–गणेशपुर र गौरा–तुल्सिडिहवा सडक माथिबाट पानी बगेर आवतजावतमा कठिनाइ भइरहेको छ । सीमामा रहेको बजाहा बाँधको असरले दक्षिण करिब ५ किमी परको भावपुरसम्मै डुबान देखिन्छ । नेपालबाट गएको जमुवार खोलाको पानी त्यही बाँधमा पुग्छ । वर्खे भेलको पानी अत्यधिक हुँदा खोलाको सतह बढेर आसपासमा खेत डुबानमा पर्ने गरेका हुन् । कहिल्यै धानबालीको पूरा उत्पादन लिन नपाउँदा पेशा र बसाइँ सर्नुपर्ने अवस्था आइसकेको कृषकहरू बताउँछन् ।
भारतले सिद्धार्थनगर जिल्लाको चिल्हिया थाना अन्तर्गत बझाहामा बाँध बनाएको छ । सीमामै पर्ने बाँधले पानी रोकिँदा उत्तरतर्फ दशगजा क्षेत्रमा गहिरो खालको जग्गामा पानी भरिन्छ । यो क्षेत्रमा नेपाल र भारततर्फ एक हजार बढी विगाहा गहिरो खालको जग्गा छ । त्यही पानी जम्मा गरेर भारतले हिउँदमा सिँचाइ गर्दै आएको छ । अत्यधिक पानी परेका बेला बाँधका ढोका नखोलिँदा नेपालतिर डुबान हुन्छ । ५५२/४७ नम्बरको सीमास्तम्भ पनि डुबाएको छ । डुबानकै कारण २०७१ सालमा ढलेको स्तम्भ पछि मर्मत गरिएको थियो । उक्त स्तम्भ वर्षमा १० महिना डुब्ने गर्छ ।
सँगरको पश्चिम दक्षिणमा २० र ८ ढोकाको पक्की बाँध छ । २० ढोकाको बाँध ५० मिटर लामो छ भने ८ ढोकाको बाँध २० मिटरको लामो छ । त्यहाँ ५ मिटर चौडा बाटो छ । ८/१० वर्षअघि बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले बिस्तार गरेर ४ चक्के सवारीसाधन आवतजावत गर्ने बनाएको छ । बाँध पनि मर्मत सम्भार गरिएको छ । आवतजावतका लागि बाटो भन्दै बाँध भन्दा उचो बनाउँदै लगिएकाले नेपालतिर डुबान क्षेत्र बढेको तुल्सीडिहवाका जयबुद्ध यादवले बताए ।
आफूहरूले भारतीय सिँचाइका कर्मचारीलाई बाँधका ढोका खोल्न आग्रह गर्दा कुनै सुनवाइ नगरेको उनले बताए । मायादेवी गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमानले बजहा बाँधले वर्षेनि निकै समस्या पार्दै आए पनि स्थानीय स्तरबाट समाधान सम्भव नभएकाले केही गर्न नसकिएको बताए । उनले भने, “यो वर्ष पनि धेरै किसानको धान खेत डुबेको छ । ऋणगर्जो गरेर कृषि कर्म गर्ने किसानलाई समस्या छ, सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा वास्ता गरेको छैन । बाँधले धानबाली डुबान भएको रिपोर्टिङ नआएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।” तर, के कसो भएको छ ? भन्ने बुझेर समस्या समाधान गर्न लाग्छौँ, उनले भने ।
पूर्वप्रधानमन्त्री एवम् नेकाका सभापति शेरबहादुर देउवाका पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा चार दिनको भारत भ्रमण गरी बिहीबार नेपाल फिर्ता भए । परराष्ट्रमन्त्री राणाले भने –भारतका प्रम नरेन्द्र मोदी नेपाल र नेपालीलाई साह्रै माया गर्नु हुँदो रहेछ । तर, परराष्ट्रमन्त्री राणाले कपिलबस्तुको बझाहा ताल नेपालको आधा भूमिमा पानी जमेको भएपनि नेपालको ४०० विघा भूमि थप डुब्ने र ३५० बढी किसानको धानबाली नष्ट हुने पीडाबारे भारतसँग चुँइक्क बोल्न सकेनन् । भारतले छिमेकी मित्र देश भन्दै नेपालका प्रम र मन्त्रीहरूलाई रातो कार्पेट ओछ्याएर भारत बोलाउने र अन्ततः नेपाललाई सिक्किम बनाउने तयारी गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *