भर्खरै :

भक्तपुर काण्डको भत्र्सना गर्दै प्रशिक्षण कार्यक्रम

भक्तपुर काण्डको भत्र्सना गर्दै प्रशिक्षण कार्यक्रम

कालीकोट, ९ भदौ । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा ‘भक्तपुर काण्ड’ को विरोध एवं भत्र्सना गर्दै आइतबार तिलागुफा – ३ मा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले भक्तपुर काण्डबारे जानकारी दिँदै भक्तपुर काण्डजस्ता षड्यन्त्रहरू आगामी दिनमा पनि घट्न सक्ने भएकोले सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उहाँल भन्नुभयो, “पार्टीका हरेक प्रकाशन अध्ययन गरी आफूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नेतर्फ कार्यकर्ताहरू ध्यान दिनुपर्छ । समाज परिवर्तन गर्न एक ऐतिहासिक युग लाग्न सक्ने हुनाले कार्यकर्ताहरू धैर्यवान हुनुका साथै सङ्घर्षशील हुनु आवश्यक छ ।”
नेमकिपा जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा सूर्यबहादुर शाही, दलसुर बोहोरा, पर्व कार्कीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *