न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
जुम्ला, ९ भदौ । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको आयोजनामा भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोधमा पार्टी कार्यालयबाट जुलुस बजार परिक्रमा गरी कृष्णमन्दिरमा कोणसभा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पञ्चायत सरकारले नेमकिपालाई नष्ट गर्न भक्तपुर काण्ड रचेको भदौ ९ लाई कालो दिवसको रूपमा भत्र्सना गर्दै आएको बताउनुभयो ।
उहाँले नेताहरूको निहित स्वार्थका कारण देशमा सत्ता परिवर्तन भइरहने र नेपाली काङ्ग्रेसले कम्युनिस्टहरूलाई खतम गर्न एमाले र माओवादीसँग सहकार्य गर्ने गरेको र देश र जनतालाई दुःख दिइरहेको बताउनुभयो ।
बङ्गलादेशमा चलेको आन्दोलन बङ्गाली जनताको नभई अमेरिकी साम्राज्यवादले गराएको उहाँले बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेशका सदस्य शिवलाल डाँगीले भक्तपुर काण्डजस्तै षड्यन्त्र आउँदा दिनहरूमा पनि हुनसक्ने भएकोले कार्यकर्ताहरू सचेत हुन जरुरी भएको बताउनुभयो ।
युवाहरूलाई देशमा रोजगार नदिई वैदेशिक रोजगार पठाउनुमा शासक पार्टीहरूको स्वार्थ रहेको उहाँले बताउनुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विर्षबहादुर राउत र लालबहादुर बुढाले पनि बोल्नुभएको थियो ।
Leave a Reply