भर्खरै :

अछाम कमलबजारमा भक्तपुर काण्डको भत्र्सना

अछाम कमलबजारमा भक्तपुर काण्डको भत्र्सना

अछाम, १० भदौ । नेपाल मजदुर किसान पार्टी कमलबजार नपा वडा नं. ६ को आयोजनामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले भारतले नेपाली भूमि सुस्तामाथि हस्तक्षेप गर्दा नेमकिपाले २०४५ सालमै विरोध प्रदर्शन गरेको स्मरण गराउनुभयो ।
नेमकिपाले लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गरिरहेको सन्दर्भ जोड्दै उहाँले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले गरिएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ अछामका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले परिवर्तनको निम्ति विद्यार्थीहरू आन्दोलित भइरहनुपर्छ भन्नुभयो । भेलामा महेन्द्र रावल र सुन्तली शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *