यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुर्खेत, १० भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को स्मरण कार्यक्रम आइतबार वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले पार्टीलाई समूल नष्ट पार्न रचिएको भक्तपुर काण्डको शिक्षालाई अध्ययन गर्दै भोलि आउनसक्ने यस्ता परिस्थितिलाई सामना गर्न सक्षम हुनुपर्ने बताउँदै सङ्गठनलाई गाउँ गाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेमकिपालाई समाप्त पार्न खोज्ने पञ्चायत आफै सकिएको बताउँदै पुँजीवादले गरिबलाई झन्झन् गरिब बनाएको चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केस प्रेम थापा, नेमकिपाका पूर्व वैकल्पिक केन्द्रीय सदस्य पूर्णबहादुर शाही, नेमकिपा कालीकोटका पूर्वजिल्ला अध्यक्ष ऐनबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुलसी खड्का, कानुन अध्ययन समाजका टीकाप्रसाद पोखरेल, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना, नेमकिपा सुर्खेतका पूर्वसचिव धनेन्द्र विक, रूपसिङ रोकाय, अकल राना, लालबहादुर थापा, अङ्गबहादुर शाही, गगन विकलगायत वक्ताहरूले बोल्नुभएको थियो ।
Leave a Reply