जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) ले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नीतिलाई व्यवहारमा लागु गर्न तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतसमेतलाई उपयोग गर्दै आएको थियो । नेमकिपाका उम्मेदवार जित्नु पञ्चहरूको लागि असह्य भयो । चुनाव जितेर नगरपालिकामा पुगेका हाम्रा साथीहरूले व्यक्तिगत हितको लागि काम गर्नुभएन । उहाँहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुभयो र एउटा उदाहरणीय नगरपालिका बनाउन प्रयास गर्नुभयो ।
दोस्रो पटकको राष्ट्रिय पञ्चायतको सदस्यमा नेमकिपाको तर्फबाट गोविन्द दुवाल निर्वाचित हुनुभयो । त्यसबेला राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई लाखौँ मूल्य पर्ने गाडी भन्सार सुविधामा दिने निर्णय गरियो । तर, उहाँले पार्टी निर्देशनअनुसार त्यो सुविधाको गाडी लिनुभएन र पेन्सन लिने कुराको राष्ट्रिय पञ्चायतमै विरोध गर्नुभयो । तत्कालीन पञ्चहरूको लागि त्यो एक नैतिक हाँक थियो ।
नगर पञ्चायतमा निर्वाचित हाम्रा साथीहरू तत्कालीन पञ्चहरूभन्दा पृथकरूपमा प्रस्तुत हुनुभयो । सरकारले कक्षा ५ सम्म निःशुल्क शिक्षाको बन्दोबस्त गरेको थियो । नगरपालिकाको आर्थिक क्षमताअनुसार जनतालाई थप सुविधा दिने मनसायले कक्षा ७ सम्म निःशुल्क गरियो । ‘पञ्चायत’ पत्रिकामा कार्ल माक्र्स, स्तालिन, लेनिन र माओ त्सेतुङका फोटोहरू छापिए । उहाँहरूको जीवनी छापिए । त्यस पत्रिकाका हरेक अङ्क देशभरका ३६ वटै नगर पञ्चायतमा पु¥याइयो । राजनैतिक पार्टी खोल्नसमेत प्रतिबन्धित अवस्थामा स्तालिन र माओ त्सेतुङजस्ता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेताहरूको फोटो र जीवनी प्रकाशित हुनु कम खुसीको कुरा थिएन ।
भक्तपुर नगरपञ्चायत नेपालभरमा शतप्रतिशत बहुदलवादीहरूको नियन्त्रणमा रहेको नगरपञ्चायत थियो । नगरपञ्चायतको १७ वडामध्ये ११ र १६ वडाबाहेक प्रधानपञ्च र उपप्रधानपञ्चलगायत अन्य सबै वडाहरूमा नेमकिपाका उम्मेदवारहरू निर्वाचित भएका थिए । ११ वडा र १६ वडामा नेका समर्थित उम्मेदवारहरू विजयी भएका थिए । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पनि जनताको सेवा गर्ने हाम्रो पार्टीको नीति पञ्चहरूको लागि सह्य भएन । अन्य वामपन्थी पार्टीहरूले पनि निर्वाचनलाई उपयोग गर्ने कुरा पञ्चहरूको लागि अमान्य थियो । त्यसकारण, तिनीहरू नेमकिपालाई जरैदेखि उखेल्न चाहन्थे । त्यसको निमित्त भित्रभित्रै तिनीहरूले नेमकिपाको विरोधमा अनेक षड्यन्त्र गर्दै थिए । भदौ ९ गतेको काण्ड नभए पनि अर्को काण्डमा फसाउने तिनीहरूले योजना बनाएको कुरा हामीलाई पछि थाहा भयो । नेकपा (माले), (हालको एमाले) ले २०३८ सालको आमनिर्वाचन र २०३९ सालको स्थानीय निर्वाचन बहिष्कार गरी पञ्चहरूलाई जिताउन ठुलो सहयोग गरेको थियो । नेमकिपाले पञ्चहरूलाई सजिलै जिताउने एमालेको बहिष्कार नीतिको सैद्धान्तिक टाटपल्टाइलाई उदाङ्गो पा¥यो । अन्ततः एमालेले पनि नेमकिपाले लिएको नीति नै अनुसरण ग¥यो र २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा भाग लियो । नेमकिपा सानो पार्टी भए तापनि त्यसको कारण अन्य वामपन्थी पार्टीहरू पनि निर्वाचनमा आउन थालेको हुँदा पञ्चहरू नेमकिपादेखि भित्रभित्र निकै चिढिएका थिए ।
नेमकिपाका कार्यकर्ताहरू जेललाई राजनैतिक कार्यकर्ताको घर सम्झन्थे । कुनै पनि बेला जेल जान तिनीहरू तयार भएर बस्थे । राजनैतिक कार्यकर्ताहरू जेल जानुपर्ने, प्रवासमा जानुपर्ने र भूमिगत हुनुपर्ने कुराबारे कार्यकर्ताले मात्र थाहा भएर हुँदैन, कार्यकर्ताका परिवारलाई पनि थाहा हुनुपर्छ भन्ने कुरा २०४५ साल भदौ ९ गतेको काण्डले हामीलाई बोध गरायो । यो कुरा आजका नयाँ पुस्ताका साथीहरूलाई पनि थाहा हुनु आवश्यक छ । त्यसले पछि दुःखको अनुभव हुने गर्दैन । यो हाम्रो आफ्नै अनुभव हो ।
भदौ ९ गतेको राति नै गिरफ्तार गरिएको हुँदा त्यसपछि बाहिर के कस्ता घटनाहरू भए त्यसबारे थाहा हुने कुरा भएन । हिरासतको यातना विवरण अरू साथीहरूले वर्णन गरेको भन्दा खासै फरक नभएको हुँदा म यहाँ उल्लेख गर्न आवश्यक देख्दिनँ । पक्राउ परेपछिका दिनहरूमा भएका र जेलभित्र भएका संस्मरणयोग्य कुराहरू यहाँहरूसमक्ष राख्ने कोसिस गर्छु ।
सरजमिनको दिनको घटना मलाई अझै झल्झली सम्झना छ । त्यो शनिबारको दिन थियो । बिहान करिब ९ बजेतिर सरजमिन गर्न लाने कुराको जानकारी प्रहरीहरूले दिए । हामी तयार भयौँ । एउटै भवनमा बस्दा पनि करिब एक महिनासम्म नजिक बस्न नपाएका हामी साथीहरूसँगै बस्न पाउने हुँदा खुसी थियौँ । अध्यक्ष रोहितले त्यहाँका एस.पी. सँग शनिबार सरजमिन गर्ने कुराको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “सरजमिन भनेको आकाश, पाताल र धर्ती सबैले देख्ने गरी हुनुपर्छ र बिदाको दिन सरजमिन गर्नु कानुनविपरीत छ ।” उहाँको चर्को आवाजले हनुमानढोका हिरासत नै थर्किएको थियो । एक तला माथिबाट एसपीले ‘को हो कराएको’ भनेर बार्दलीबाट प्रश्न ग¥यो । त्यसबाहेक केही भन्न सकेन । अध्यक्ष रोहितको जोसिलो आवाजदेखि प्रहरीहरू पनि भित्रभित्र डराइरहेको कुरा उनीहरूको व्यवहारबाट थाहा हुन्थ्यो । यद्यपि, राज्यशक्ति नै दबाउने पक्षमा लागेपछि व्यक्तिको कुनै सीप चल्ने कुरा भएन । सोही दिन सरजमिन गरियो ।
सरजमिनको क्रममा गाडीमा अध्यक्ष रोहितले हामी सबैसँग एक एक गरेर उमेर र अध्ययन सोध्नुभयो । सबैले आ–आफ्नो उमेर र शिक्षा बताए । उहाँले जेल परेका सबै एम.ए. पास गरेर मात्र छुट्ने कुरा गर्नुभयो । हामीलाई आश्चर्य लाग्यो† भर्खर २०/२५ दिन जति भयो पक्राउ परेको तर उहाँले किन एम.ए. पास गरेर मात्र छुट्ने कुरा गर्नुभएको होला भनेर । उहाँले भन्नुभयो, “२०१७ सालमा नेपाली काङ्ग्रेसका धेरै नेता र कार्यकर्ताहरू जेलमा परेका थिए । ती नेता र कार्यकर्ताहरू सबैजसो एम.ए. पास गरेर मात्रै जेलबाट छुटे । हामी सबै भोलिको समाजको नेतृत्व गर्ने नयाँ पुस्ता तयार भएर जानुपर्छ ।”
उहाँले भन्दै जानुभयो, “इमानदारहरूलाई जेलमा राख्ने पञ्चायती व्यवस्था अब धेरै दिन टिक्दैन । हामी बहुदल आएपछि मात्रै घर जान पाउनेछौँ । अब बहुदलकै लागि लड्न आवश्यक भएको छ ।” उहाँकै कुराबाट कतिले छिट्टै छुट्ने आशा त्यतिबेलै त्यागिसकेका थिए ।
सरजमिन स्थलमा प्रहरीहरूले गाडीबाट हामी कसैलाई बाहिर निकालेनन् । त्यसको विरोधमा अध्यक्ष रोहितले नै पहिले आवाज उठाउनुभयो । ‘जाली मुद्दा खारेज गर’ को पहिलो नारा उहाँले नै लगाउनुभयो । प्रहरी भ्यानभित्र हतकडी लगाइएका व्यक्तिहरूले नारा लगाउनु चानचुने कुरा थिएन । उहाँमा विद्रोही भावना त्यसबेला प्रस्टरूपमा देखिएको थियो । हामी सबैले त्यस नारामा साथ दियौँ । बाहिर हुलमा बसिरहेकाहरूले त्यो नारा सुन्न सकून् भनेर चर्को स्वरमा नारा लगायौँ । बाहिर जुलुस नगरुञ्जेल हामीले नारा लगाइरह्यौँ । पछि बाहिर नारा गुञ्जिन थाल्यो अनि हामी चुप लाग्याँै ।
करिब एक महिना हिरासतमा राखियो । त्यसपछि अदालतमा उपस्थित गराइयो र अदालतको आदेशअनुसार हामी भद्रगोल जेल चलान गरियौँ । भद्रगोल जेलमा हाम्रा १÷२ जना साथीहरू मात्रै पहिला पुगेका थिए । त्यहाँ हामीलाई केही बन्दीहरूले नराम्रो दृष्टिले हेर्ने गर्थे । एकदिनको कुरा हो, जगत गौचनले हामीलाई ‘ज्यानमारा’ भनेर गाली ग¥यो । हामीले ‘तँै ज्यानमारा’ भनेर तत्काल जवाफ दियौँ । ऊ रिसाहा स्वभावको थियो । भैँसीको जत्रो आँखा पारी झन्डै कुट्न लागेको थियो । उल्टै ‘पद्म ठकुराठीलाई हत्या गर्न खोज्ने अपराधी’ भनेर जस्तालाई तस्तै जवाफ दियौँ । ऊसँग हाम्रो परिचय थिएन । हामीले त्यस्तो जवाफ दिने कुरा उसले सायदै सोचेको होला । हाम्रो जवाफबाट उसले आफ्नो ठुलो अपमान भएको सम्झ्यो । हुन पनि ऊ जेलमा परेदेखि त्यस्तो अपमान कहिल्यै सहनुपरेको थिएन होला । धेरै बन्दीहरू आएर दुवै पक्षलाई घेरा हाले तर गौचनले कुट्ने प्रयास गर्दै थियो । हामी त्योसँग मुखामुख गरेको देखेर अरू बन्दीहरू आश्चर्यचकित भए । कोही कोही आएर हामीलाई सम्झाउन थाले, “त्यो राजाको मान्छे हो, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी हो; ऊसँग मखामुख गर्नुहुँदैन” आदि । हामीले भन्यौ, “हामी पनि जनप्रतिनिधि हौँ, हामी राजनैतिक कार्यकर्ता हौँ र हामी यो व्यवस्था पल्टाउन हिँडेका हौँ ।” त्यसपछि उनीहरू चुप लागे र विवाद टुङ्गियो । त्यसबेलादेखि उसले हामीलाई कहिल्यै नराम्रो व्यवहार गरेन । बिस्तारै हामी राजनैतिक कार्यकर्ता भएको कुरा बन्दीहरूले थाहा पाए ।
एकदिनको कुरा हो । कैदीहरूलाई कुहेको चामल वितरण गरियो । हामीबिच पालैपालो चामल लिने र खाना पकाउने व्यवस्था थियो । कार्य विभाजनले गर्दा हामीलाई काम गर्न त्यति गा¥हो अनुभव भएन । हरेक दिन निश्चित परिमाणमा चामल केलाउनुपर्ने हाम्रो आ–आफ्नो जिम्मेवारी थियो । त्यस दिन साथीहरू चामल नलिई फर्कनुभयो र कुहेको चामल वितरण गरेको जानकारी दिनुभयो । हाम्रा साथीहरू तुरुन्तै एक ठाउँमा जम्मा भयौँ । हामीसँग चामल जगेडा पनि थियो ।
तीन चार जना साथीहरू गएर चामलको थुप्रोलाई घ¥ेर्याैँ र हामीले चामल नलिने घोषणा ग¥यौँ । ‘बन्दीहरू पशु होइनौँ, कुहेको चामल खाँदैनौँ, ठेकेदारलाई बन्दीहरूसामु उभ्याउनुपर्छ’ भनेर हामी ठुलठुलो स्वरले कराउन थाल्यौँ । नाइके–भाइनाइकेहरू तुरुन्त त्यहाँ जम्मा भए । कुहेको चामलको डल्ला हाम्रा साथीहरूको हात हातमा थियो । हाम्रो समूह ठुलो भएकोले हामीलाई कुनै डर त्रास थिएन । चौकीदारहरू हामीलाई जसरी पनि मनाउन खूब कोसिस गर्दै थिए† हामी चुप लाग्ने कुरै थिएन । हामी अझ चर्को चर्को स्वरले कराउन थाल्यौँ । त्यो देखेर पहिले चामल लिइसकेका बन्दीहरूले पनि बिस्तारै फिर्ता ल्याए । प्रशासनमा ठुलो खैलाबैला मच्चियो । तुरुन्त त्यो कुहेको चामल फिर्ता गरियो र राम्रो चामल वितरण गरियो । हाम्रो त्यो चामल बहिष्कारको आन्दोलन सफल भयो । हामी त खुसी नै भयौँ; अन्य बन्दीहरूले समेत हामीलाई राजनैतिक कार्यकर्ताहरूको रूपमा सम्मान गर्न थाले । हामी त्यो जेलमा बस्दाको यो पहिलो आन्दोलन थियो ।
२०४६ साल फागुन ८ गते भक्तपुरमा गोली चलेको खबर पायौँ । साँझ ४ बजेतिर गोल्मढीका दुई जना साथीहरू आउनुभयो । उहाँहरूले पञ्चहरूको निर्देशनमा गोली चलाएको† राजकुमार सुवाल, निर्मल शाक्य र कृष्णराम दुवाललगायत साथीहरू सहिद भएको तथा अन्य धेरै घाइते भएको कुरा बताउनुभयो । ती साथीहरूका आँखा आँसुले भिजेका थिए । हामीमा पञ्चायती व्यवस्थाप्रतिको घृणाले सीमा नाघ्यो । हामी अत्यन्त दुःखी भयौँ । आफूलाई नियन्त्रणमा राख्न सकेनौँ । हामी आफू जेलभित्र बसिरहेका छौँ भन्ने बिस्यौँ । पञ्चायती व्यवस्थाको विरोधमा चौतारामा गएर भाषण गर्न थाल्यौँ । सबै बन्दीहरू हाम्रो कुरा सुन्न झुम्मिए । भीमप्रसाद गौचन एकैचोटि चिच्याउन थाल्यो, “देशद्रोहीहरूलाई गोली ठोक्नुपर्छ† शासन सत्ता २÷४ जना नमारी टिक्दैन ।” हामीले त्यसको प्रतिवाद ग¥यौँ । ठुलो वादविवाद भयो । त्यो दिनदेखि ऊसँग हाम्रो बोलचाल बन्द भयो ।
चैत २६ गते राति बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा भयो । चैत २७ गते बिहान भीमप्रसाद गौचनले हामीलाई बधाई दियो । तिनीहरू जेलमै सड्ने भयो भनेर चिन्तित देखिन्थे । तर, बहुदलीय व्यवस्था पुनःस्थापना भएको १ वर्ष नबित्दै उनीहरू जेलबाट छुटे । यसरी दलीय व्यवस्थाको विरोध गर्ने भ्रष्ट र अपराधीहरू ससम्मान छुटे । ती अपराधीहरूलाई जेलबाट मात्रै छुटाइएन, आफूलाई कम्युनिस्ट पार्टीको मूल प्रवाह दाबी गर्ने एमालेले रातो टीका लगाई पार्टीमा भित्यायो । सबैजसो ‘राष्ट्रिय’ पार्टीहरूमा पुराना धेरै भ्रष्ट व्यक्तिहरूले प्रवेश पाए । परिणामस्वरूप राजनैतिक पार्टीहरूमा विकृतिहरू देखाप¥यो र जनतामा राजनैतिक पार्टीहरूप्रति नै वितृष्णा बढ्न थाल्यो ।
हो, अध्यक्ष रोहितले भन्नुभएजस्तै बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि मात्रै हामी छुट्याँै । ‘भक्तपुर काण्ड’ भएको बीस महिनापछि जनताले ‘अध्यक्ष रोहितलाई फाँसी दे’ भन्ने नारा लगाउने तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई नै फाँसीको माग गरे । नेमकिपालाई समाप्त पार्न खोज्ने पञ्चायती व्यवस्था आफै ढल्यो । ‘जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ† जो पानीसँग खेल्छ, ऊ पानीमै मर्छ’ भन्ने उखान ‘भक्तपुर काण्ड’ ले चरितार्थ ग¥यो ।
स्रोत : ‘केटीहरु’ बुलेटिन, अङ्क १७, २०८१ भदौ
Leave a Reply